
पाल्पा, आज विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पाइने सबै नङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ भने वन्यजन्तुको चोरी सिकार रोक्न पनि चुनौती छ । यसले गर्दा वन्यजन्तु जोखिममा पर्न थालेका छन् । वन विनाशले वन्यजन्तुको बासस्थान साघुरिँदै गएको छ भने र आहाराको समेत अभाव हुन थालेको छ । आहाराको खोजीमा वन्य जन्तु मानव बस्तीमा प्रवेश गर्न थालेका छन् । यसले जनधनको क्षति बढाएको छ । वन्यजन्तुको संरक्षण भनेको मानवका दीर्घकालीन अवस्थितिको मुख्य आधार हो । तर, यसलाई नबुझ्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । नेपालमा दुर्लभ प्रजातिका धेरै जीवजन्तुको बास छ । तर, मानव अतिक्रमण र बासस्थान विनासले तिनको अस्तित्व लोप हुने हो कि भन्ने खतरा पनि छ । तिनको संरक्षण निम्ति पनि समाजमा जनचेतना जगाउनु जरुरी रहेको विज्ञले बताएका छन् । विश्व पर्यावरणको ईकोसिस्टममा हरेक प्राणीहरुको आ–आफ्नै महत्व र योगदान छ तसर्थ सबै प्राणिहरुको सुरक्षा आजको आवश्यता हो । मानव जीवनको दिर्घकालिन उपस्थितीका लागि पनि वन्यजन्तु र बिरुवाहरु सबैको रक्षा गर्न जरुरी छ ।
संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्याण्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जंगली जनावर तथा विरुवाको अन्तर्राष्ट्रिय व्यापार बारे बहस भएको थियो । यो बहसमा जंगली जनावर तथा विरुवाहरुको अन्तर्राष्ट्रिय ब्यापार विषयमा अनि संसारमा भएका ३५ हजारभन्दा बढी जनावर र विरुवाको प्रजाति संरक्षणको लागि एउटा कदम मात्र भएको भनेर निर्णय लिईएको थियो । यस बहसको निष्कर्षलाई सिटिज अर्थात् कन्भरसेसन अन इन्टरनेशनल ट्रेड इन इनडेन्जर इस्पेसिस भनेर नाम दिइएको थियो । आजको दिन ति लोप हुन सक्ने प्रजातिहरुको नियन्त्रणमा सिटिजको उत्साहपूर्ण योगदानलाई सम्झना गर्नुपर्ने दिन हो । विश्वको जैविक विविधता संरक्षणका लागि यस दिवसको विशेष योगदान रहनेछ । यो विश्व मानवको लागि मात्र हैन, यहाँ रहेका हरेक सजिव निर्जीव प्राणीहरुको यो विश्वमा मानवकै जतिको अधिकार छ । हामी एउटा सामाजिक र बौद्धिक प्राणी भएकाले यो कर्तव्य पनि हाम्रै हो ।