नवजनचेतना राष्ट्रिय दैनिक २०८१ मंसिर १५ गते शनिबार
शनिबार, मंसिर १५, २०८१
नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित
शुक्रबार, मंसिर १४, २०८१
एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको छ । श्रीलङ्काले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १ सय ७८ रनमा अलआउट भयो । नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए । श्रीलङ्काका प्रभीन मनीषाले ३...
तिनाउमा एक पुुरुष मृत फेला
शुक्रबार, मंसिर १४, २०८१
जिल्लाको तिनाउ गाउँपालिका –६ मस्यामस्थित ढाक्रिपार भिरमा एक जना पुुरुष मृत फेला परेका छन् । हाल नामथर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने पुरुष व्यक्ति शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले ति पुुरुषलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
शुक्रबार, मंसिर १४, २०८१
रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ ।
मौन अवधि सुरु : उम्मेदवार मौन, निर्वाचन आयोग जागा
शुक्रबार, मंसिर १४, २०८१
मंसिर आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारको प्रचार–प्रसार बन्द भएको छ ।
निरन्तर बढेको नेप्से चारदिनपछि घट्यो
बिहीबार, मंसिर १३, २०८१
यो साता निरन्तर बढेको सेयर कारोबार मापक नेप्से परिसूचक चार दिनपछि भने घटेको छ । आइतबार, सोमबार, मंगलबार र बुधबार निरन्तर उकालो लागेको नेप्से विहिबार ८ दशमलव ३० अंकले घटेको हो ।
शान्त र हिंसारहित समाजका लागि सबै सचेत हुन आवश्यक छ : नगर प्रमुख थापा
बिहीबार, मंसिर १३, २०८१
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शान्त र हिंसारहित समाज निर्माणका लागि सबै वर्ग सचेत हुन आवश्यक रहेको बताएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिका न्यायिक समितिले वडा नं.४ देविस्थानमा आयोजना गरेको न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले यस्तो...
गाईपालक किसानलाई पालिकाद्वारा अनुदान
बिहीबार, मंसिर १३, २०८१
गाईपालक किसानलाई यहाँको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई रु दश हजार अनुदान दिने निर्णय गरेको हो । गाईपालक किसानलाई पहिलो पटक प्रोत्साहनस्वरुप अनुदान वितरण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
बिहीबार, मंसिर १३, २०८१
अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर ९नवलपरासी सुस्तापूर्व० को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो ।
रामपुरमा जेसिसको सम्भाव्यता अध्ययन गर्दै पाल्पा जेसिज
बिहीबार, मंसिर १३, २०८१
पाल्पा जेसिजले रामपुरमा जेसीसको सम्भाव्यता अध्ययन थालेको छ । उसले रामपुर जेसिसको आवश्यकता र सम्भाव्यताको लागि रामपुर पुगेर अध्ययन थालेको हो ।
रामपुरमा डेंगी रोग सम्बन्धी सचेतना
बिहीबार, मंसिर १३, २०८१
जिल्लाको रामपुरमा डेंगी रोगसम्बन्धी सचेतनाका कार्यक्रम गरिएको छ । साविकको रामपुर गाविसका महिला स्वयंमसेविकाहरुलाई डेंगी रोग रोकथाम सम्बन्धी सचेतना प्रदान गरिएको हो ।
सहकारी र हाम्रो राजनीति
बिहीबार, मंसिर १३, २०८१
सहकारी प्रकरणले नयाँ–नयाँ रुप लिई रहेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानमै रहेका पूर्व गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने र उनका समर्थकहरुले प्रहरीदेखि न्यायालयसम्मलाई छक्याउँन खोजे पनि दिनप्रति दिन रविको संलग्नतामा थप पुष्टिहरु देखा पर्न थालेका छन् ।


