Shittalpati
आज प्रधानमन्त्री ओली चीन जाँदै
आज प्रधानमन्त्री ओली चीन जाँदै प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान बेइजिङ प्रस्थान गर्न लागेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
आज विश्व दासता उन्मूलन दिवस
आज विश्व दासता उन्मूलन दिवस आज संसारभरि अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । दिवसका अवरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिदैछ । 
समृद्धि प्राप्तिको मुख्य आधार : उद्यमशिलता, रोजगारी र राष्ट्रियतामा सुधार
समृद्धि प्राप्तिको मुख्य आधार : उद्यमशिलता, रोजगारी र राष्ट्रियतामा सुधार प्रकृतिको उपहार विश्व सामु फरक पहिचान स्थापित गर्न सफल भौगोलिक विविधताले भरिपूर्ण देश हो नेपाल । अथाह स्रोत साधनले भरिपूर्ण, जनताको दैनिकी र जीवनस्तर सुधार गर्दै आर्थिक विकास र समृद्धिको आधार तय गर्न प्रसस्त सम्भावना बोकेको देश तर उपयुक्त योजना र नीतिको अभावमा राज्यको खर्च बालुवामा पानी हाले सरी भइरहेको...
दासत्व उन्मूलन दिवसको सार्थकता
दासत्व उन्मूलन दिवसको सार्थकता आज संसारभरि अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सन् १९४९ को डिसेम्बर २ अर्थात् आजको दिन संयुक्त राष्ट्रसंघको महासभाले व्यक्तिको आवागमन र अन्यको वेश्यावृत्ति शोषणको दमनसम्बन्धी महासन्धि पारित गरेको थियो ।
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकियो
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकियो स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।
नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो
नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक घटेको छ । आज परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य छको बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर ८२...
दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान हुँदै
दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान हुँदै स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् ।
पुुलको पर्खाल भत्किएर पुरिँदा रोल्पामा पाँच मजदुरको मृत्यु
पुुलको पर्खाल भत्किएर पुरिँदा रोल्पामा पाँच मजदुरको मृत्यु रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा  सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार...
सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु सिरहामा स्कोरपियोको ठक्करबाट  सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो । भित्री सडकमा आज बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले...
गाईको नश्ल सुधार गरेर उत्पादन बढाउने मुख्यमन्त्री आचार्यको भनाइ
गाईको नश्ल सुधार गरेर उत्पादन बढाउने मुख्यमन्त्री आचार्यको भनाइ लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको समस्या समाधान गर्न दीर्घकालीन योजनालाई प्राथमिकतामा राखेको छ । एकीकृत गरेर गौशालामा पशुचौपाया पाल्ने, नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्ने गरी कार्यक्रम तर्जुमा गरिने भएको  मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । उनले छाडा पशुचौपायाको समस्या समाधान गर्न समुदायस्तरमा...
Weather Update