हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा
शनिबार, फागुन २४, २०८१
रङहरुको पर्व होली सुरु, पाल्पामा यस वर्ष पनि गाडिएन चीर
शनिबार, फागुन २४, २०८१
रङहरुको पर्व फागु अर्थात् होली शुक्रबारदेखि विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको वसन्तपुरमा चीर ठड्याएसँगै देशैभर होली सुरु भएको हो । आपसी सद्भावका साथ एक सातासम्म यो पर्व मनाउने चलन छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व शुरु भएको मान्ने...
पाल्पामा डढेलो सचेतनाका लागि रेडियो संवाद
शनिबार, फागुन २४, २०८१
पछिल्ला केही दिन यता जिल्लाका विभिन्न ठाउँहरुमा डढेलोका घटनाहरु बढ्दै गएका छन् । बढ्दो घटनाहरुलाई रोक्न जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयले सक्रियता देखाएका छन् । उनीहरुले समुदायस्तरमा डढेलो लाग्न नदिने, लागेमा अपनाउनुपर्ने उपाय लगायतका विषयमा पत्रकार महासङ्घ पाल्पाको सहजीकरणमा रेडियो संवाद कार्यक्रममार्फत सचेतनामूलक जानकारी गराएका छन् ।
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
शनिबार, फागुन २४, २०८१
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ
शनिबार, फागुन २४, २०८१
अन्तर्राष्ट्रिय नारी दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष मार्च ८ मा मनाइने यो दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाज हो । महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सिर्जना गर्नु यस दिवसको परिलक्ष्य हो ।...
तानसेनका युवालाई डिजिटल मार्केटिङ र उद्घोषण तालिम
शुक्रबार, फागुन २३, २०८१
सशक्तिकरण विकास नेपाल तानसेन पाल्पाले युवाहरुलाई लक्षित गरेर तीन दिने उद्घोषण तथा डिजिटल मार्केटिङ्ख तालिम सञ्चालन गरेको छ ।
समाचार प्रभाव : सिद्धबाबा सुरुङमार्गका कामदारले पाए एक महिनाको तलव
शुक्रबार, फागुन २३, २०८१
शितलपाटी डटकमले ‘सिद्धबाबा सुरुङमार्गका कामदारले तीन महिनादेखि पाएनन् ज्याला’ शिर्षकको समाचार प्रकाशन गरेको केही समयमै कामदारले एक महिनाको पारिश्रमिक पाएका छन् । उनीहरुले समाचार आएको केही घण्टामै आफुहरुको मोवाइलमा एक महिनाको पारिश्रमिकको म्यासेज आएको बताए ।
सिद्धबाबा सुरुङमार्गका कामदारले तीन महिनादेखि पाएनन् ज्याला
शुक्रबार, फागुन २३, २०८१
राष्ट्रिय गौरवको रुपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्ग निर्माणको काम गर्दै आएका कामदारले तीन महिनादेखि ज्याला नपाएको गुनासो गरेका छन् । पटक–पटक पारिश्रमिक माग गर्दा पनि निर्माण कम्पनीले डिसेम्वर महिनादेखि नदिएको कामदारहरुले गुनासो गरेका हुन् ।
सभाहल निर्माण गरिँदै
शुक्रबार, फागुन २३, २०८१
२३ फागुन स् सहिद बहुमुखी क्याम्पस रामपुरमा शैक्षिक सभाहल निर्माण कार्य भइरहेको छ । रामपुर नगरपालिकाले बजेट विनियोजन गरेपछि क्याम्पस प्रशासनले शैक्षिक गतिविधि सञ्चालन गर्न सभाहल निर्माण थालनी गरेको हो ।
भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर
शुक्रबार, फागुन २३, २०८१
राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ ।
रिब्दीकोट डढेलो : बस्ती जोखिममुक्त, चार सामुदायिक वनमा क्षति
शुक्रबार, फागुन २३, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिका– १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा फैलिएको डढेलोले चार सामुदायिक वनमा क्षति पुर्याएको छ । मंगलबार दिउँसोदेखि लागेको डढेलोले देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति पुर्याएको हो ।


