
प्यूठान,‘बुर्लुकबुर्लक उफ्रेर एक सेकेन्डमै प्यूठान, गुल्मी र अर्घाखाँची जिल्ला टेकेँ,’ वरिष्ठ पत्रकार भैरव रिसालले ‘रातो फूलबारी’ पुस्तकमा लेखिएको ‘एकै सेकेन्डमा तीन जिल्ला’ शीर्षकको नियात्रामा उल्लेख गरेका छन् । उनको नियात्रामा उल्लेख भएअनुसार प्यूठान, गुल्मी र अर्घाखाँची तीन जिल्ला जोडिएको पवित्र, सुन्दर र मन लोभ्याउने त्रिवेणीस्थल प्यूठानको सौतामारेको हो ।
हो, त्यही तीन जिल्लालाई जोड्ने प्यूठानको सौतामारे भएर जाने राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गतको गुल्मी–प्यूठान सडक खण्डको कामले गति लिन सकेको छैन । गुल्मीबाट प्यूठानको मच्छीसम्म पुग्ने मदन भण्डारी राजमार्गको काम धिमा गतिमा अघि बढेको छ । प्यूठानको कोसेढुका रुपमा हेरिएको यस राजमार्गअन्तर्गत पर्ने सौतामारे–मच्छी सडक खण्डको काम द्रूत गतिमा नहुँदा सर्वसाधारणलाई समस्या परेको छ । मदन भण्डारी राजमार्गअन्तर्गतको गुल्मीको सिमलटारी हुँदै प्यूठानको सौतामारे–मच्चीमा काममा प्रगति भएको देखिँदैन । सडक निर्माणका लागि पहाड काटे पनि काम पूरा नभएर अलपत्र परेको छ । स्थानीयहरु घर अगाडि कालोपत्र सडक निर्माण हुने भएपछि जति खुसी देखिन्थे तर सडकको काम अगाडि नबढ्दा त्यतिकै दुःखी र आक्रोश रहेको देखिन्थ्यो । गुल्मीको सिमलटारीदेखि प्यूठानको सौतामारे–मच्छिसम्मको ३१ द्यशमलव ८ किलोमिटर रहेको छ । यसमा गुल्मीदेखि प्यूठानको सौतामारेसम्मको १६ किलोमिटर गुल्मीमा र सौतामारेदेखि मच्छीसम्म १५ दशमलव ८ किलोमिटर प्यूठानमा पर्दछ । २०७९ कात्तिकमा उक्त सडक बनाउने ठेक्का सम्झौता श्रेष्ठ सक्षम निर्माण जेभीले पाएको छ । श्रेष्ठ र सक्षम निर्माण कम्पनी (जेभी) ले सडक निर्माण थालनी गरेयता पटक–पटक भुक्तानी पाए पनि केही महिनादेखि काम बढाएको छैन । झिमरुक गाउँपालिका–१ को सौतामारे फेदीमा क्रसर, स्काभेटर, जेसिबीसम्म राखेको देखिन्छ । यसले गर्दा आगामी साउनमा सम्पन्न हुनै पर्ने सिमलटारी–सौतामारे–मच्छी सडक खण्ड पूरा नहुने देखिन्छ । सरकारले मदन भण्डारी राजमार्ग भित्री मधेश र चुरे क्षेत्रमा रहेका धरान, उदयपुरको गाईघाट, हेटौँडा, भरतपुर, पाल्पाको रिडी, गुल्मी तम्घास, प्यूठानको मच्छी, वाग्दुला र बिजुवार हुँदै दाङको घोराहीदेखि सुर्खेतसम्मका शहरलाई जोड्ने औद्योगिक करिडोरका रुपमा निर्माण गर्न थालिएको हो । यसअन्तर्गत प्यूठानमा सौतामारे–मच्छी–वाग्दुला–बिजुवार–चकचके–खुङग्रीसम्मको सडक विस्तार हुनेछ । अहिले पहिलो चरणमा सौतामारे–मच्छी सडक खण्ड बन्दैछ । यो राजमार्ग बनाउनुको उद्देश्य भित्री मधेश र चुरे क्षेत्रमा यातायात तथा त्यस क्षेत्रका खानीसम्म पहुँच पु¥याउँदै स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्नु पनि रहेको हो । प्यूठानबाट निर्वाचित सांसद सूर्य थापाले ठेक्का सम्झौता भएर काम सुरु भए पनि सडकको काम अगाडि बढ्न नसकेको बताए । “ठेक्का लगाएर जुन गतिमा सडक निर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन,” उनले भने, “जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि सम्बन्धित निकायलाई पटक–पटक भनिरहेको छु ।” सांसद थापाले सडकको काम निर्धारित समयमा सम्पन्न गराउनका लागि सडकका जिम्मेवारी व्यक्ति, निर्माण व्यवसायी डम्बर खड्कालाई पनि छलफल गराएको बताए । उनले सौतामारे–मच्छी सडक खण्ड नबन्दा अहिले सर्वसाधारण धुलो, धुवाँ र हिलोमा हिँड्न बाध्य भएको सुनाए । सांसद थापाले सडक निर्माण गर्नका लागि काठमाडौँस्थित मदन भण्डारी राजमार्गको आयोजना निर्देशनालय र गुल्मीस्थित योजना कार्यालयमा पटक–पटक सरोकारवालासँग छलफल गरे पनि छलफलअनुसार काम अगाडि बढन नसकेको बताउन्छन् । प्यूठानअन्तर्गत मदन भण्डारी राजमार्गको (एनएचशून्यनाइन)को रिडी–सुर्खेत सडक खण्डको रेखाड्ढन रिडी–तम्घास–सिमलटारी–सौतामारे–मच्छी–बिजुवार–चकचके–खुङग्री–लिवाङ–घर्तिगाउँ–सुखाओडार–पातीहाल्ने–थारमारे–बागमारे–तलपाटी–सल्यान खल–कुभिण्डेदह–बालुवासही–बोटेचौर–भेडाबारी–धुलियाविट–वीरेन्द्रनगर सुर्खेत कामय गरिएको छ । यसैगरी, अर्को रिडी–बलकोट–हङसपुर–प्यूठान, प्यूठान–सुर्खेत सडक खण्ड (एनएचनाइन्टिन) को रेखाड्ढन रिडी–बलकोट–सन्धिखर्क–गच्छागैरा–रतनमारे–गोखु–वागदुला–देवीस्थान–लोहारपानी–घोराही–तुल्सीपुर–पुरन्धारा–बोटेचौर (सुर्खेत) कायम गर्ने उल्लेख छ । दुवै सडक प्यूठानमा परेको हुनाले ती सडक बनेको खण्डमा प्यूठानको यातायात क्षेत्रमा कोसेढु साबित हुनेछ । यही वैशाख २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सांसद थापाले ज्ञापनपत्र बुझाएर मदन भण्डारी राजमार्गको सिमलटारी–सौतामारे–मच्छी खण्ड ठेक्का लागेर काम ढिलाइ भएकोप्रति ध्यानाकर्षण गराउँदै उक्त सडकखण्डको काम द्रूतगतिमा निर्माण गरिनुपर्ने माग राखेका थिए ।
गुल्मीस्थित योजना कार्यालयका सूचना अधिकारी हुमानाथ पौडेलका अनुसार एक अर्ब ४५ करोड ३२ लाख ९९ हजार ९ सयमा सडक निर्माणको सम्झौता भएको छ । झिमरुक–१ सौतामारेका वडाअध्यक्ष धुव्रराज खनालले राजमार्ग बनेपछि तीन जिल्लाका स्थानीयलाई सहज हुने बताउन्छन् । “अर्घाखाँचीको मलारानी गाउँपालिका र गुल्मीको मदाने, धुर्काेट र मालिकासहित तीनवटा पालिकालाई प्रदेश मुकाम आउजाउ गर्न यही बाटो भएर जान सजिलो हुन्छ”, उनले भने, “अहिले ती पालिकाका स्थानीयवासी केही काम पर्यो भने यही बाटो हुँदै भालुवाङ जाने गरेका छन् ।” वडाध्यक्ष खनालले सडक निर्माणको काम बीचमा अलपत्र पर्दा स्थानीयलाई हिँड्डुल गर्न पनि समस्या भएको बताए । झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले आउने साउनसम्ममा राजमार्गअन्तर्गतको सिमलटारी–सौतामारे–मच्छीको सडकखण्ड पूरा गर्ने भने तापनि निर्माण व्यवसायीले काम नै नगरेको बताए । “प्यूठान, गुल्मी, अर्घाखाँची र बागलुङका स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने उक्त सडक अहिले काम अगाडि बढ्न नसकेर अलपत्र छ,” उनले भने, “प्रमुख जिल्ला अधिकारीसहित पटक–पटक हामीले सडक निर्माण चाँडै गर्नुप¥यो भनेर छलफल पनि ग¥यो । निर्माण कम्पनीले काम गर्छु भन्छ । तर गर्दैन ।” मदन भण्डारी राजमार्ग गुल्मी योजना कार्यालयका प्रमुख रमेश चौधरीले सम्झौताअनुसार निर्माण व्यवसायी काम नगरेको बताए । “निर्माण व्यवसायी आफू आर्थिक सड्ढटमा परेको हुनाले काम अगाडि बढाउन नसकेको बताउँदै आएको छ । सार्वजनिक खरिद ऐनअनुसार ठेक्का हाल्दा र पाउँदा रामो स्थिति रहेको थियो,” योजना प्रमुख चौधरीले भने, “तर पछि कम्पनीको आर्थिक अवस्था नै डामाडोल रहेको छ, “ठेकेदार कम्पनीले आफू अािर्थक सड्ढटमा रहेको भनेर काम गरिरहेको छैन ।” उनले दुई महिनाअघि आफूहरुले काम गरेको सात करोड निर्माण व्यवसायी भुक्तानी गरेको बताए ।
काम अगाडि नबढाए ठेक्का रद्द
योजना प्रमुख चौधरीले सडक निर्माणको काम अगाडि नबढाएको हुनाले आफूहरुले काठमाडाँस्थित मदन भण्डारी राजमार्गको निर्देशनालयमा सम्झौता रद्द गर्नेबारे छलफलसमेत गरेको बताए । “हामीले ठेक्का रद्द गर्नेबारे छलफल पनि नगरेको होइन तर अर्को कुनै विकल्प अझै भेटिएको छैन,” उनले भने, “यदि यही अवस्थामा काम अगाडि बढ्न सकेन भने ठेक्का रद्द गरेर अर्को विकल्पमा जानुपर्दछ ।” उनका अनुसार आगामी साउनमा काम सम्पन्न गर्नुपर्ने भए पनि अहिले २५ प्रतिशत भौतिक र २२ प्रतिशत वित्तीय प्रगति भएको छ । अहिले बाटोको छेउछाउ काट्ने र संरचना निर्माण गर्ने काम मात्र भएको छ । योजना प्रमुख चौधरीले बाटोको सतह मिलाउने, ग्राभेल गर्ने र कालोपत्र गर्ने काम अझै बाँकी रहेको बताउन्छन् । उक्त सडक खण्ड करिब सात मिटर चौडाइ र दुवैतर्फ नाली चारमिटरको हुने छ । गुल्मीको मदाने गाउँपालिका–७ का स्थानीय खिमबहादुर जिसीले दुई महिनादेखि सडक निर्माणको काम ठप्प हुँदा स्थानीयलाई सास्ती भएको बताए । “राजमार्ग बन्ने भएपछि हामी खुसी भएका थियौँ । काम पनि भइरहेको थियो”, उनले भने, “सडक निर्माणको काम भएको छैन । सडक जताजतै भत्काएर छाडिएको छ । खेत रोप्न पनि गाह्रोे हुन्छ । हामी धेरै अप्ठ्यारोमा परेका छौँ ।” उनले सडकको काम नहुँदा वर्षायाममा आउजाउमा समेत समस्या हुने बताउन्छन् । प्यूठानका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले आयोजना प्रमुख र निर्माण व्यवसायीसँग सम्पर्क गरी सडक बनाउन पहल गरिरहेको बताउन्छन् । “मेरो केही दिन निर्माण व्यवसायीसँग कुरा हुँदा तत्काल काम सुरु गर्ने र वर्षायाममा उक्त सडकखण्डमा गाडी चल्न सक्ने बनाउने प्रतिबद्धता जनाएका छन्”, उनले भने । प्रमुख जिल्ला अधिकारी नेपालले मदन भण्डारी राजमार्गको मात्र नभई प्यूठान जिल्लाका अधिकांश आयोजनाका ठेक्का लगाएका तर कामै नगरी भागेका निर्माण व्यवसायीको खोजी गरिरहेको बताए । मदन भण्डारी राजमार्गको आयोजना निर्देशनालयका प्रमुख दीप बाराहीले समयमा नै निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसक्दा सम्झौताअनुसार सडक निर्माणको काम भनेजस्तो अगाडि नबढेको स्वीकार गरे । उनले सडक निर्माणको काम समयमा नै नसकेकाले ठेक्का तोडेर मात्र समस्याको समाधान नहुने भएकाले निर्माण व्यवसायीलाई दबाब दिएर र फकाएर काम गराउनुको विकल्प नभएको बताए । “हामीले सकेसम्म निर्माण व्यवसायीलाई नै फकाएर, दबाब दिएर र कालोसूचीमा राख्ने जस्ता चेतावनी दिएर काम अगाडि बढाउने सोचमा रहेका छौँ,” उनले भने, “अहिलेको निर्माण व्यवसायीबाट हुँदै भएन भने अन्तिम विकल्प मात्र ठेक्का तोड्ने हो । तर हामी ठेक्का तोड्ने भन्दा उसैबाट काम गराउने पक्षमा रहेका छौँ ।” सडक निर्माणसम्बन्धी कुरा गर्न श्रेष्ठ–सक्षम निर्माण कम्पनी (जेभी)का प्रतिनिधिसँग पटकपटक सम्र्पक गर्न खोज्दा सम्र्पक हुन सकेन । निर्देशनालयका अनुसार मदन भण्डारी राजमार्गको अहिलेसम्म ५१ प्रतिशत काम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८४/८५ सम्म काम सक्ने भनेता पनि बजेट अभावले पूरा हुनेमा आशड्ढा गरिएको छ ।