पाल्पा अस्पतालको न्यूनतम सेवा मापदण्डमा सुुधार, पायो ६४ प्रतिशत अंक
बुधबार, मंसिर १२, २०८१
विद्यालय खेलकुद संघ पाल्पा गठन, अध्यक्षमा खत्री
बुधबार, मंसिर १२, २०८१
नेपाल विद्यालय खेलकुद संघ पाल्पा गठन भएको छ । नेपाल विद्यालय खेलकुद महासंघको सिफारिस र पाल्पा जिल्ला खेलकुद विकास समितिको रोहवरमा संघ गठन भएको हो ।
छुुट्टाछुुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
बुधबार, मंसिर १२, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, मोरङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
रामपुर नगर सरकारले सञ्चालन गर्यो निःशुल्क लोकसेवा कक्षा
बुधबार, मंसिर १२, २०८१
जिल्लाको रामपुर नगरपालिकाले निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोकसेवाको तयारीमा जुटेका नगर भित्रका विद्यार्थीहरुलाई लक्षित गरी नगर सरकारले निःशुल्क कक्षा सञ्चालन गरेको हो ।
गुल्मीमा धान उत्पादन बढ्यो
बुधबार, मंसिर १२, २०८१
जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ ।
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
बुधबार, मंसिर १२, २०८१
‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् ।
सुनको मूल्य प्रतितोला नौ सय बढ्यो
बुधबार, मंसिर १२, २०८१
पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
लगानीको वातावरण नहुँदासम्म देश विकास हुँदैन : सांसद राना
बुधबार, मंसिर १२, २०८१
लुम्बिनी प्रदेशका सांसद तथा पुर्वमन्त्री वीरबहादुर रानाले लगानीको वातावरण नहुँदासम्म देशको समृद्धि हुन नसक्ने बताएका छन् । मंगलबार पाल्पा उद्योग वाणिज्य संघको ५८ औं स्थापना दिवस समारोहलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले लगानीको वातावरण नहुँदासम्म देशको विकास र समृद्धि हुन नसक्ने बताएका हुन् ।
बढ्दो नैरास्यता
बुधबार, मंसिर १२, २०८१
मुलुकले नयाँ निकास पाउँन सकेको छैन । फलस्वरुप हरेक समस्याहरुले नराम्रोसंग जरागाडी रहेका छन् । राजनैतिक स्थिरता हराएको आभास भएको छ ।
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
मंगलबार, मंसिर ११, २०८१
यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गरेका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी गरेका हुन् ।
सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास : प्रधानमन्त्री ओली
मंगलबार, मंसिर ११, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिई सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढ·ले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताए । हरेक नागरिक सचेत हुनुपर्दछ...
यू–१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको गरियो बिदाइ
मंगलबार, मंसिर ११, २०८१
मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । क्यानले मंगलबार र एक कार्यक्रमबीच नेपाली यू–१९ टोलीको विदाइ गरेको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो ।
नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
मंगलबार, मंसिर ११, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम भएको छ । आज परिसूचक एक दशमलव २४ प्रतिशतले बढेको हो ।


