नवजनचेतना राष्ट्रिय दैनिक २०८१ मंसिर २० गते बिहीबार
बिहीबार, मंसिर २०, २०८१
आज स्वयंसेवक दिवस र माटो दिवस एकै साथ मनाइँदै
बिहीबार, मंसिर २०, २०८१
आज पाल्पा लगायत देशैभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकै साथ मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाले विविध कार्यक्रमतय गरेका छन् ।
जनताका वाचा पुरा गर्दै कालीगण्डकी गाउँ सरकार
बिहीबार, मंसिर २०, २०८१
गएको स्थानीय तहको निर्वाचनमा चुनाव जित्न जनतासामु अनेकौं वाचा गरेका अधिकांस स्थानीय तहका जनप्रतिनिधिले तीन वर्ष पुग्न लाग्दा समेत तिनलाई पूरा गर्ने सुरसारै देखाएका छैनन् ।
रामपुरमा जनप्रतिनिधिसँग संवाद
बुधबार, मंसिर १९, २०८१
जिल्लाको रामपुर नगरपालिका– १ मा जनप्रतिनिधिसँग संवाद कार्यक्रम भएको छ । नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
पाल्पामा दुई पालिकाको आयोजनामा सुन्तला महोत्सव हुँदै
बुधबार, मंसिर १९, २०८१
पाल्पामा दुई पालिकाको आयोजनामा सुन्तला महोत्सव हुुन लागेको छ । पश्चिम पाल्पाका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको संयुक्त आयोजनामा मंसिर २२ र २३ गते महोत्सव हुन लागेको हो ।
तानसेनमा आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धी छलफल
बुधबार, मंसिर १९, २०८१
तानसेन नगरपालिको आयोजनामा मंसिर १९ गते नगरका समुदायसँग प्रत्यक्षरुपमा कार्यान्वयन हुने मखनटोलस्थित दरबार परिसरका सरोकारवालाबिच यनोसद्वारा तयार गरिएको आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धमा आयोजित छलफलमा सहभागीहरु ।
काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला
बुधबार, मंसिर १९, २०८१
काठमाडौँको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
गर्भवती र सुत्केरीलाई पोषण प्याकेज
बुधबार, मंसिर १९, २०८१
गुल्मीको रेसुङ्गा नगरपालिकाले गर्भवती र सुत्केरीलाई पोषण प्याकेज तथा न्यानो कपडा उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले चना, अण्डा, आयोडिनयुक्त नुन लगायतका सरसफाइका सामग्री एवं न्यानो कपडा उपलब्ध गराएको हो ।
स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर हुँदै
बुधबार, मंसिर १९, २०८१
उनीहरू बिहान छोराछोरीलाई खाना खुवाउँछन्, अनि विद्यालय पुर्याउछन्, त्यसपछिको समयको सदुपयोग गर्दै यहाँका केही महिला स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर हुने जमर्को गरिरहेका छन् ।
दृष्टिकोणमा परिवर्तन जरुरी
बुधबार, मंसिर १९, २०८१
हेराई र गराई, बोलाई अनि भोगाई, यी सबै विचारलाई असल दृष्टिकोणको आवश्यकता छ । गत साता किर्तिपुर भाषणले व्यापक चर्चा पायो । आज भोली चीन भ्रमण र मंसिर १६ गते सम्पन्न स्थानीय उपनिर्वाचनका परिणामलाई लिएर व्यापक रुपमा चर्चा चलीरहेका छन् । चर्चाहरु सकारात्मक भन्दा पनि नकारात्मक धेरै छन् । हेर्ने,...
पत्रकार महासंघको मतदाता नामावली प्रकाशन
मंगलबार, मंसिर १८, २०८१
नेपाल पत्रकार महासंघले मंसिर २८ गते हुने निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो । मतदाताको नामावली नेपाल पत्रकार महासंघको वेबसाइट www.fnjnepal.org तथा केन्द्रीय निर्वाचन कार्यालयको सूचना पार्टीमा टाँस गरिएको छ ।
एनपीएलमा बेटिङ आरोपमा पक्राउ चारै जनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप
मंगलबार, मंसिर १८, २०८१
नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ (सट्टेबाजी) खेलाएको आरोपमा पक्राउ परेका चार व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ । कीर्तिपुरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चार जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका चारै जना भारतीय नागरिक रहेको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए । सीआईबीले सोमबार भारतको कोलकत्ता बाह्रसान...


