
पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले निजी क्षेत्रको मनोबल माथि नउठाइकन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताएका छन् । नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संगठन लोकतान्त्रिक निर्माण व्यवसायी संघ पाल्पाको पहिलो जिल्ला अधिवेशनलाई शनिबार तानसेनमा सम्बोधन गर्दै उनले पछिल्लो समय निजी क्षेत्रको मनोबल खस्कदै गएकाले उनीहरुको समस्या पहिचान गरी मनोवल उठाउने दिशामा सरकार प्रतिवद्ध भए मात्र समृद्ध नेपाल बन्न सक्ने बताएका हुन् ।
उनले राज्यले निर्माण व्यवसायीको रकम समयमै भुक्तानी गर्न नसकै कारण निर्माण व्यवसायीको बदनामी हुने प्रवृत्ति उचित नभएको बताए । सार्वजनिक खरिद ऐन पटक–पटक संसोधन गरिए पनि ऐन साना निर्माण व्यवसायीमैत्री बन्न नसकेको सभापति श्रेष्ठको भनाई छ । अहिले पाँच करोड भन्दा मुुनिका योजनाहरु प्रदेश सरकारले लिने र त्यो भन्दा माथिका योजना मात्र संघीय सरकारले लिने भनेकाले त्यस्ता योजनाहरु सम्बन्धित जिल्लाका निर्माण व्यवसायीमार्फत मात्रै टेन्डर गर्ने नीति ल्याउनुुपर्ने उनले बताए । निर्माण व्यवसायीले समयमै गुणस्तरीय निर्माण गरेर उदाहरण पेश गर्नु पर्ने सुझाव दिदै लोकतान्त्रिक निर्माण व्यवसायी संघले सबै निर्माण व्यवसायीको हक हितका लागि काम गर्नु पर्नेमा उनको जोड थियो । अब निर्माण व्यवसाय क्षेत्रलाई सम्मानित पेशाको रुपमा अगाडि बढाउन संघको पहल कदमी आवश्यक रहेको उनले बताए । उनले भने, “निर्माण व्यवसायीका समस्या सुन्न, समाधान गर्नका लागि काँग्रेस तत्पर छ ।” कोभिड महामारीको बीचमा पनि निजी क्षेत्रलाई ढाडस दिने उद्देश्यले पार्टीले विभिन्न किसिमका प्रयत्रुन गरेको सभापति श्रेष्ठले बताए । उनले प्रदेश र केन्द्रमा हुने कार्यक्रममा समेत निर्माण व्यवसायीका समस्या बारे आफुुले नीतिगत छलफल र बहस गर्ने गरेको समेत बताए । “निर्माण व्यवसायीहरुले जुन खालका अफ्ठ्याराहरु भोग्नुभएको छ । जसमा नीतिगत ऐन कानूनहरु, अव्यवहारिक भएका नियमावलीहरुका विषयमा सरकारलाई पार्टी नेतृत्वले घच्घच्याउने काम गर्दै आएको छ । निर्माण व्यवसायीहरुका जायज मागहरुलाई जतिसक्दो चाँडो समस्या समाधान गर्न कसरी सकिन्छ । त्यसमा पार्टी नेतृत्वले विशेष ध्यान दिएको छ” सभापति श्रेष्ठले भने । कार्यक्रममा संघ लुुम्बिनी प्रदेशका संयोजक विश्व कुुमार चन्दले जिल्लाका निर्माण व्यवसायीहरु अब एक हुनुुपर्ने बताएका छन् । उनले उपभोक्ता समितिलाई योजना दिदा निर्माण व्यवसायीहरुले बदनाम खेप्नुु परेको भन्दै त्यसतर्फ नीतिग सुुधार हुनुुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका प्रदेश सदस्य तथा संघका विभाग प्रमुुख भेषराज पौडेलले निर्माण व्यवसायीले सबैको चित्ता बुुझाएर काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने “व्यवसायीका थुप्रै समस्या छन्, राजीतिक दल, पत्रकार सबैलाई चित्ता नबुुझाएसम्म सुुखै छैन् अनि सरकारलाई पटक–पटक कर तिर्नुपर्ने अवस्था छ, घाटा खाएर व्यवसायी गर्नु परेको छ ।” सबैलाई चित्ता बुुझाउने कामको अन्त्य हुनुुपर्ने बताए । कार्यक्रममा निर्माण व्यवसायीहरु राजेन्द्र केसी, पुुरुषोत्तम केसी, दरुण दलका जिल्ला सभापति मेजर सिं केसी, महासंघका केन्द्रीय सदस्य इन्दुु शर्मा लगायतले संघमा आउने नेतृत्वले निर्माण व्यवसायीलाई संगठित गरि हकहितको संरक्षण गर्नु पर्नेमा जोड दिए । राज्यले अझै पनि निर्माण व्यवसायीको कामको भुक्तानी समयमै नदिने गरेकोले संघले व्यवसायीका मुद्दा सरकार समक्ष पुर्याउन भुमिका खेल्न आवश्यक रहेको समेत उनीहरुले बताए । कार्यक्रम संघ लुुम्बिनी प्रदेशका संयोजक विश्व कुुमार चन्दको अध्यक्षता, निर्माण व्यसायी शंकर रायमाझीको स्वागत, उदय घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।