मातृभाषा बचाऔं
शनिबार, फागुन १०, २०८१
जेहन्दार विपन्न दलित बालबालिकालाई शैक्षिक सामग्री
शुक्रबार, फागुन ९, २०८१
जिल्लाको तानसेन नगरपालिका भित्रको सिल्खान –२ टोल विकास संस्थाले जेहन्दार विपन्न दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले तानसेन नगरपालिका –४ वडा कार्यालयको आर्थिक सहयोगमा एक औपचारिक कार्यक्रमकाबिच बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
देशमा धेरै परिवर्तन भएको छ, केही पनि भएन भन्नु गलत हो : मन्त्री सारु
शुक्रबार, फागुन ९, २०८१
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले देशमा केही पनि भएन भन्नु गलत भएको बताएका छन् । शुक्रबार लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानलाई पाल्पाको तानसेनमा सम्बोधन गर्दै मन्त्री सारुले मुलुकमा धेरै परिवर्तन भएकाले केही भएन भन्नु गलत भएको बताएका हुन् ।
अर्घाखाँचीमा लोकभजन प्रतियोगिता
शुक्रबार, फागुन ९, २०८१
धार्मिक पर्यटक आकर्षित गर्न अर्घाखाँचीको पाणिनीमा खुला भजन प्रतियोगिता आयोजना हुने भएको छ । यही फागुन १४ गते महाशिवरात्रिको दिन लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको आयोजनामा भजन प्रतियोगिता हुने भएको आयोजक संस्थाका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए ।
दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला
शुक्रबार, फागुन ९, २०८१
तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उनलाई श्रीमान्को भर नपरी सुखै थिएन ।
प्रकृति लम्सालको अन्तिम संस्कार
शुक्रबार, फागुन ९, २०८१
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा शंकास्पद रुपमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम दाहसंस्कार गरिएको छ । प्रकृतिको शव उनको निवास सिद्धार्थनगर– ८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धान्जली पछि स्वर्गद्वारी घाटमा पुर्याएर अन्त्येष्टि गरिएको हो ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदैं
शुक्रबार, फागुन ९, २०८१
अन्तराष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।
वैदेशिक सहायता, अमेरीकी कदम र आत्मनिर्भर अर्थतन्त्र
शुक्रबार, फागुन ९, २०८१
कहिलेसम्म र कुन–कुन क्षेत्रमा वैदेशिक सहायता लिने भन्ने योजनाको अभावमा नेपाल कुहिरोको काग जस्तै अल्मलिएको दशकौं भै सक्यो । उपयुक्त नीतिको अभावमा यो अल्मलमै रहेको देखिन्छ ।
सामाजिक न्याय दिवसको सन्दर्भ
शुक्रबार, फागुन ९, २०८१
समाजका सबै वर्ग, क्षेत्र र समुदायका मानिसले राज्यमा उपलब्ध स्रोत साधन, अधिकार, अवसर र लाभको बाँडफाँट तथा सोको उपभोगमा न्याय अनुभूति गरेको अवस्था नै सामाजिक न्याय हो ।
रुपन्देहीमा एक महिला मृत फेला
बिहीबार, फागुन ८, २०८१
रुपन्देहीको सियारी गाउँपालिका–२ मा एक महिला मृत फेला परेकी छन् । जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो ।
लुम्बिनी प्रदेश : चालु आवको हालसम्म पुँजीगत खर्च २२ र चालु खर्च २८ प्रतिशत
बिहीबार, फागुन ८, २०८१
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४।९१ प्रतिशत खर्च गरेको छ । चालु वर्षमा रु ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । यसमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड र चालु खर्चतर्फ ११ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।


