
पाल्पा (तानसेन), तानसेनस्थित देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयले एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै उत्साजनक र्याली निकालेको छ । र्यालीमा विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकहरुले एक आपसमा खुसी साटसाट गर्नुको साथै पञ्चेबाजा बजाउदै नाचगान सहित तानसेन नगर परिक्रमा गरेका थिए ।
विद्यालयले चार जिपिएसहित ४८ जना विद्यार्थी उत्कृष्ट बनाउन सफल भएको छ । यहाँबाट सुलभ भट्टराई चार जिपिए ल्याएका छन् । विद्यालयबाट ६३ जना विद्यार्थी परीक्षामा सहभागी थिए । जसमा ४८ जना उर्तिण भएका हुन् ।
कुनै समय बन्द गर्ने अवस्थामा पुगेको विद्यालयले पछिल्लो समय उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । हाल यस विद्यालयमा ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रअ कृष्ण थापाले बताए । सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीको मेहनतका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनको भनाई छ ।