बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
बिहीबार, फागुन ८, २०८१
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य
बिहीबार, फागुन ८, २०८१
लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते राति १२ः०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् । गत पुस १६ गतेदेखि सुरु भएको अधिवेशनमा ११ पटक बैठक भएको थियो ।
रामपुरमा घुम्ती शिविरमार्फत नागरिकलाई सेवा
बिहीबार, फागुन ८, २०८१
जिल्लाको रामपुर नगरपालिकाले वडा नं. ९ मा एकीकृत घुम्ती शिविरमार्फत नागरिकलाई सेवा प्रवाह गरेको छ । नगरपालिकाको कार्यालयको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले शिविरमार्फत सेवा प्रवाह गरेको हो ।
प्रजातन्त्र र हामी
बिहीबार, फागुन ८, २०८१
प्रजातन्त्र स्थापनाको ७५ बर्ष पार गर्दै गर्दा लोकतन्त्रको सिडीलाई मजबूत बनाउँने कसरतमा कस्सिएर लागि परेका छौ हामी । हाम्रो लोकतन्त्रका पुर्खा प्रजातन्त्र रहेछन् । प्रजातन्त्र हुँदै लोकतन्त्रमा आई पुग्दा पनि प्रजातन्त्रका कथाहरुका असल पात्र बन्ने क्रम जारी रहेको भान हुँदैछ नेपाली समाजका लागि ।
अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मिसन हो : महामन्त्री थापा
बुधबार, फागुन ७, २०८१
सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबको तीन वर्ष नेपाली काँग्रेसका लागि मिसन ०८४ नभई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन् । बुधबार पाल्पाको पूर्वखोलामा आयोजना गरिएको प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पाल्पामा प्रजातन्त्र दिवसमा निःशुल्क स्वास्थ्य परीक्षण
बुधबार, फागुन ७, २०८१
प्रजातन्त्र दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले निःशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा सुगर, ब्लड प्रेसर, मृगौला परीक्षण तथा उचाई र तौल नाप जाँच गरिएको हो ।
पाल्पा जेसिजले गर्यो सिविआरका बालबालिकालाई खाद्यान्न सहयोग
बुधबार, फागुन ७, २०८१
पाल्पा जेसिजले तानसेनस्थित म्याहालधारामा रहेको पाल्पा सिविआरका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । उसले प्रजातन्त्र दिवसको अवसरमा यहाँका बालबालिकाहरुलाई खाद्यान्नको रुपमा दाल, चामल, आलु तरकारी नुन तेल मसला तथा विभिन्न किसिमका ड्राई खाजाहरु प्रदान गरेको हो ।
पाल्पामा पनि मनाइयो ७५ औँ प्रजातन्त्र दिवस
बुधबार, फागुन ७, २०८१
पाल्पामा विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा पाल्पा दरवार संग्रहालय परिसरमा सहिदहरुको तस्विरमा फूलमाला तथा टिका अविरले माल्यार्पण गरी सहिदको योगदान बारे चर्चा गर्दै दिवस मनाइएको हो ।
प्रजातन्त्रको ७५ वर्ष : फेरिएन जनताको अवस्था
बुधबार, फागुन ७, २०८१
नेपालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र आगमनको ७५ वर्ष भएको छ । आजकै दिन अर्थात् फागुन ७ महान् जनक्रान्तिमार्फत् नेपाली समाजलाई राणा शासनको दासताबाट मुक्त गरी आधुनिक युगमा प्रवेश गराउन ढोका खुलेको दिन हो ।
आज निर्वाचन दिवस मनाइँदै
बुधबार, फागुन ७, २०८१
फागुन ७ कै दिन निर्वाचन दिवस मनाइँदैछ । नेपालीले मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै यो दिवस मनाउने गरिएको हो । आज नवौं निर्वाचन दिवस मनाइँदै छ ।
रामपुरका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा
बुधबार, फागुन ७, २०८१
नगरपालिकाले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि ३० दिने योग प्रशिक्षण कार्यक्रम मार्फत योग शिक्षा प्रदान गरेको हो । रामपुर नगरपालिकाले योग प्रशिक्षकको व्यवस्था गरि विद्यालयका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा प्रदान गरेको हो ।


