Shittalpati
दसैँको मुखमा छोइनसक्नु महँगी
दसैँको मुखमा छोइनसक्नु महँगी दसैँ नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ । दसैँको मुखमा चामल, हरियो तरकारी, खाने तेल, लत्ताकपडा र जुत्ताको मूल्य  अत्याधिक बढेको हो । बजारमा दसैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगो हुँदा उपभोक्ता दसैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् ।
पाल्पामा प्रहरी दिवसको अवसरमा सम्मान तथा पुर्नमिलन
पाल्पामा प्रहरी दिवसको अवसरमा सम्मान तथा पुर्नमिलन जिल्ला प्रहरी कार्यालय पाल्पाले ६८ औं प्रहरी दिवस तथा पुर्नमिलन कार्यक्रम गरेको छ । प्रहरीले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस तथा  पुर्नमिलन कार्यक्रम गरेको हो । 
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँका तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो । 
रामपुरका टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
रामपुरका टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण जिल्लाको रामपुर नगरपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । नगरपालिकाले हरेक नागरिकको सहजताको लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।
रानीमहल क्षेत्र : बिच भलिबलको हब र विकासको सम्भावना
रानीमहल क्षेत्र : बिच भलिबलको हब र विकासको सम्भावना संसारमा बिच भलिबलको विकास समुन्द्री तटहरुमा मात्र भएको देखिन्छ । समुन्द्रीतट मनोरञ्जनात्मक पर्यटनका लागि उपयुक्त थलो पनि मानिन्छ । तसर्थ यसलाई मनोरञ्जनात्मक खेल पनि भन्ने गरिन्छ ।
गुल्मीमा मानव अधिकारकर्मीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गुल्मीमा मानव अधिकारकर्मीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र गुल्मीमा मानव अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझाएका छन् । सोमबार मुलुकमा विद्यमान कहालीलाग्दो दण्डहीनताको अन्त्य गरी सुशासनको प्रत्याभूति गर्दै लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई आत्मसात गर्न भन्दै  प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । 
नयाँ नोट सटही आजदेखि
नयाँ नोट सटही आजदेखि आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो ।
टुकी बाल्ने गाउँमा बिजुली !
टुकी बाल्ने गाउँमा बिजुली ! १५ वर्ष अघि पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेका केही गाउँमा बिजुली ल्याउने चर्चा चल्यो, तर विजुली ल्याउने कुरा गर्दा कसैले पत्याउँदैन्थ्ये । स्थानीयको प्रश्न हुन्थ्यो, ‘यस्तो विकट गाउँमा कसरी बिजुली बल्छ ?’ वर्षौंदेखि दियालो र टुकीको भरमा रात काट्दै आएका स्थानीयको यहीँ प्रश्नको उत्तर दिने साहस कसैले गरेनन् ।
आज विश्व खाद्य दिवस
आज विश्व खाद्य दिवस आज ४३ औं विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाईंदैछ । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम गरीे दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आÞवानमा यो दिवस मनाउने गरिएको हो ।
भगवती मन्दिरहरुमा पुजापाठ, भजन किर्तन गर्नेको भिड
भगवती मन्दिरहरुमा पुजापाठ, भजन किर्तन गर्नेको भिड वडा दशैंको पहिलो दिन आइतबार पाल्पाका विभिन्न शक्ति पिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ । भक्तजनहरु विहानै नदी तलाउँ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजा पाठ, तथा दर्शनको लागि भगवती दुर्गाका मन्दिरहरु पुगेका छन् ।
मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै
मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Weather Update