Shittalpati
कारको ठक्करबाट दुई महिलाको मृत्यु
कारको ठक्करबाट दुई महिलाको मृत्यु बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा
रैनादेवी छहरा गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा जिल्लाको रैनादेवी छहरा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १५ महिना मुनीका गाउँपालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
कालीगण्डकीको पानी लिफ्टमार्फत सिँचाइ
कालीगण्डकीको पानी लिफ्टमार्फत सिँचाइ बागलुङकै ठूलो खेतीयोग्य जमिनमध्येको एक बलेवाको दम्काफाँटमा कालीगण्डकीको पानी पु¥याएर सिँचाइ गरिएको छ । करिब २४ हेक्टरको दम्काफाँटमा सिँचाइको अभावमा जमिन विस्तारै बाँझिन थालेपछि लिफ्टमार्फत कालीगण्डकीको पानी ल्याइएको हो ।
बढ्दो कुुशासन रोकौं
बढ्दो कुुशासन रोकौं हिजोआज ‘सुशासन’ सबैको भाका मिलाउने लोली बन्ने गरेको छ । यस्तो किन भइरहेको छ भने सुशासन बेगर नत राज्यको औचित्य सावित हुन्छ न सरकारको वैधानिकता नै सिद्ध हुन्छ । त्यसैले अनेक रूपका तानाशाहहरूले पनि आफूले रामराज्य नै दिएको भ्रम छर्ने गर्दछन् ।
भारतीय वनमन्त्री यादव नेपालमा
भारतीय वनमन्त्री यादव नेपालमा भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन् ।
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गरेका छन् ।
गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्ति हुन्छ : प्रधानमन्त्री
गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्ति हुन्छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो । 
तोलामा तीन हजार पाँच सयले घट्यो सुन
तोलामा तीन हजार पाँच सयले घट्यो सुन बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला रु ३५ ले गिरावट भएको छ । 
सरकारी कारोबारमा बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्ण : राष्ट्रपति पौडेल
सरकारी कारोबारमा बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्ण : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्ण भएको बताएका छन् । बुधबार महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै पौडेयलले यस्तो बताएका हुन् उनले विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको बताए ।
Weather Update