आज प्रतिनिधिसभा बैंठक : अध्यादेश प्रस्तुत गर्दै सरकार
बुधबार, फागुन २१, २०८१
निस्दी खोलामा पक्की पुल शिलान्यास
बुधबार, फागुन २१, २०८१
जिल्लाको निस्दी गाउँपालिका–५ स्थित निस्दी खोलामा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । गल्धाफाँट र कठैडाँडा जोड्ने गरी निस्दी खोलामा निर्माण हुने पुलको सोमबार शिलान्यास गरिएको हो । दुई स्पानसहितको ५३ मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको पुल निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले जानकारी...
मानसिक समस्याप्रति ध्यान देऊ
बुधबार, फागुन २१, २०८१
पछिल्लो समय मानसिक स्वास्थ्य समस्या भएका बिरामीको संख्या बढ्दो छ । सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो । मानिस पूर्ण स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ ।
पाल्पाको रिब्दीकोट जंगलमा आगलागी
मंगलबार, फागुन २०, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं २ को लेक सामुदायिक वनमा मंगलबार दिउँसो आगलागी भएको छ ।
तुलसीपुरका विकट बस्तीमा स्वास्थ्य सेवा
मंगलबार, फागुन २०, २०८१
तुलसीपुर उपमहानगरपालिका–१ काफलठुटाका नागरिक उपचारका लागि चार घण्टा हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने अवस्था थियो । सडक सञ्जाल पनि प्रभावकारी नभएकाले यहाँका नागरिक हिँडेरै स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था थियो ।
सहकारीद्वारा ज्येष्ठ सदस्यलाई मासिक भत्ता
मंगलबार, फागुन २०, २०८१
रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सेयर सदस्यलाई ‘पेन्सन’का रुपमा मासिक भत्ता दिने गरेको छ । संस्थामा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ सदस्यलाई मासिक रु ५०० भत्ता उपलब्ध गराउँदै आएको हो ।
विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी
मंगलबार, फागुन २०, २०८१
घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सयपत्रिका फुल ढकमक्क फुलेका छन् । उनि बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त छन् ।
मुलुकमा आशाको सञ्चार भएको देउवाको दाबी
मंगलबार, फागुन २०, २०८१
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आशाको सञ्चार भएको दावी गरेका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबारदेखि भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशा...
माझी समुदायले आज लदी पर्व मनाउँदै
मंगलबार, फागुन २०, २०८१
माझी समुदायले आज आफ्नो मुख्य पर्व लदी (कोसी पूजा) मनाउँदै छन् । खोलालाई भगवानको रुपमा सामूहिक पूजा गर्दै माझी समुदायले यो पर्व मनाउन लागेका हुन् ।
ग्रे लिष्ट : यसको असर र नेपाल ग्रे लिष्टबाट बाहिर निस्कने उपाय
मंगलबार, फागुन २०, २०८१
सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन वित्तीय कारवाही कार्यदल वा Financial Action Task Force (FATF) ले निरन्तर निगरानी गरेर देशहरूलाई त्यसबारे सचेत गराउने गर्दछ । सम्पत्ति शुद्धीकरणका विषयलाई लिएर अन्तर्राष्ट्रिय निगरानीमा पर्नु भनेको Gray List हो ।
आगलागी प्रकोपको पीर
मंगलबार, फागुन २०, २०८१
माघ महिनादेखि नै आगालागीका समाचारहरु आइरहेका छन् । जलवायु परिवर्तनका कारण अहिले नै ठूलठूला आगलागीका घटना भएका छन्, अझ हुरीबतास चल्ने याम शुरू हुन लागेकाले त्यति बेलाको अवस्था कस्तो होला अहिले नै कल्पना गर्न सकिदैन । सुक्खा र खडेरीको याममा चरम बन्ने आगलागी र डढेलोको प्रकोप नेपालमा वर्षायाम सुरु नहुन्जेलसम्म...


