रिडीमा तीनमुखे पुलको काम धमाधम, पुल बन्ने पक्का भएपछि स्थानीयमा खुसी
शुक्रबार, जेठ २३, २०७७
कोरोनाबाट भएको निधनप्रति काँग्रेस पाल्पाद्वारा दुःख व्यक्त
शुक्रबार, जेठ २३, २०७७
नेपाली काँग्रेस पाल्पाले कोभिड– १९ संक्रमणबाट जिल्लाको पूर्वखोला गाउँपालिकाका एक पुरुषको निधन भएको प्रति दुख व्यक्त गरेको छ । काँग्रेसले एक विज्ञप्ती जारी गर्दै पूर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुषको उपचारका क्रममा कोरोनाबाट निधन भएको भन्दै दुःख व्यक्त गरेको हो ।
नेपालमा कोरोनाको प्रभाव, चुनौती र सुझाव
शुक्रबार, जेठ २३, २०७७
नेपालमा कोरोना संक्रमित बढ्ने दरमा हवात्तै वृद्धि भएको छ । प्रति घण्टामा औसत १०/१२ जना संक्रमण देखिदै गएको जनस्वास्थ्य मन्त्रालयको तथ्याड्ढले देखाउन्छ । हाल सम्म संक्रमितको संख्या २६३४ पुगेको छ । अघिल्लो साता नेपालमा कोरोना संक्रमितको संख्या ५ हजारसम्म पुग्नसक्ने अनुमान गरिएको नयाँ तथ्य आएको थियो ।
डिपोजिट हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरु चिन्तित
शुक्रबार, जेठ २३, २०७७
सेवाग्रहीले बैंकबाट पैसा झिक्ने र जम्मा नगर्दा जिल्लामा सञ्चालित बैंकहरुमा डिपोजिट हुन सकेको छैन । लामो समयको लकडाउनका कारण आय–आर्जनको स्रोत नभएपछि सेवाग्रहीले बैंकमा जम्मा गरेको रकम धमाधम निकाल्न थालेपछि बैंकमा डिपोजिट हुन नसकेको हो ।
वातावरण दिवसको सार्थकता
शुक्रबार, जेठ २३, २०७७
हरेक वर्ष विश्वभर जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्ष पनि आजको दिन विश्वभर दिवस मनाउन लागिएको छ । विगतका वर्षमा औपचारिक कार्यक्रमको आयोजना गरेर नेपालमा पनि दिवस मनाउने गरिए पनि यस वर्ष भने विश्वभर फैलिएको कोरोना माहामारीका कारण कार्यक्रम हुने नहुने अन्यौलमा रहेको छ ...
मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द
शुक्रबार, जेठ २३, २०७७
बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचार बापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले सो सेवा आगामी असार...
बन्दाबन्दीका बेला बाल रेडियो कार्यक्रम
शुक्रबार, जेठ २३, २०७७
बन्दाबन्दीका कारण धेरै बालबालिकाहरु प्रभावित भएका छन् । प्रभावित बालबालिकाहरुका लागि सरकारी तथा गैरसरकारी तहबाट विभिन्न प्रयासहरु भएका छन् । पाल्पामा पनि लकडाउनका कारण प्रभावित बनेका विद्यार्थीहरुका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न माध्यमबाट शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन गरिहेका छन् ।
गुल्मीका पत्रकारलाई पिपिई
बिहीबार, जेठ २२, २०७७
कोरोना महामारीको क्रममा फ्रन्टलाइनमा रहि समाचार सम्प्रेषण गर्ने जिल्लाका पत्रकारहरुलाई पिपिई वितरण गरिएको छ । नेपाली काँग्रेस गुल्मी काठमाडौं सम्पर्क समिति (विपद् व्यवस्थापन समिति) सहयोगमा नेपाल प्रेस युनियन गुल्मीले नेपाल पत्रकार महासंघलाई २५ थान पिपिई सेट वितरण गरेको हो ।
कोरोनाबाट मृत्यु भएका पुरुषको अन्तिम संस्कार गरिदै, उपचारमा संलग्न १९ जना क्वारेन्टाईनमा
बिहीबार, जेठ २२, २०७७
तीन दिन अघि मृत्यु भएका पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षिय पुरुषको उपचारमा संलग्न युनाईटेड मिसन अस्पतालका स्वास्थ्यकर्मी सहित कर्मचारीहरुलाई सेल्फ क्यारेन्टाईनमा राखिएको छ ।
रणउजिरेश्वरी महिला क्लवद्वारा एकल महिला तथा अपाङ्गतालाई राहत
बिहीबार, जेठ २२, २०७७
‘हामी सेवा गर्छाै’ भन्ने अभिप्रायका साथ सामाजिक कार्यमा सक्रिय क्लवले दाल, चामल,नुन, तेल, सावुन लगायतका दैनिक उपभोग्य सामग्री सहयोग गरेको जनाएको छ । डिष्ट्रिक एडभाइजर राजेन्द्र लिगल, डिष्ट्रिक कोडिनेटर मिना पन्थी, क्लवका अध्यक्ष दिपा रानी शर्मा लगायतले एकल महिला तथा अपाङ्गता व्यक्तिहरुलाई राहत गरेका थिए ।


