Shittalpati
रणउजिरेश्वरी महिला क्लवद्वारा एकल महिला तथा अपाङ्गतालाई राहत

पाल्पा, जिल्लामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लव अफ रणउजिरेश्वरी महिला क्लवले लकडाउनका बेला प्रभावित बनेका दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्दै आएका एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि राहत वितरण गरेको छ । विहिबार क्लवले तानसेन नगरपालिका ६ भिमसेन टोलका १२ जना एकल महिला तथा अपाङ्गता व्यक्तिहरुलाई राहत वितरण गरेको हो । ‘हामी सेवा गर्छाै’ भन्ने अभिप्रायका साथ सामाजिक कार्यमा सक्रिय क्लवले दाल, चामल,नुन, तेल, सावुन लगायतका दैनिक उपभोग्य सामग्री सहयोग गरेको जनाएको छ  । डिष्ट्रिक एडभाइजर राजेन्द्र लिगल, डिष्ट्रिक कोडिनेटर मिना पन्थी, क्लवका अध्यक्ष दिपा रानी शर्मा लगायतले एकल महिला तथा अपाङ्गता व्यक्तिहरुलाई राहत गरेका थिए ।

राहत वितरण गर्दै डिष्ट्रिक एडभाइजर लिगलले कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्दै आएका एकल महिला तथा अपाङ्गता भएका व्यक्ति भोकै रहने अवस्था सिर्जना भएकाले क्लवले उनीहरु प्रति देखाएको सहयोग र सद्भावको प्रशंसा गरे । विषम परिस्थितीमा समस्यामा परेका व्यक्तिहरुलाई सक्दो सहयोग गर्नु मानवियता भएकाले क्लवले मानविय सेवालाई आत्मासाथ गर्दै आएको डिष्ट्रिक कोडिनेटर पन्थीले बताईन् । क्लवकी अध्यक्ष दिपा रानी शर्माको अध्यक्षता, क्लवकी संगिता भट्टराईको सञ्चालनमा वितरण कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update