Shittalpati
धारिलो हतियार प्रहार गरी एकको हत्या
धारिलो हतियार प्रहार गरी एकको हत्या कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए । हत्या आरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जोशीले...
‘तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक’
‘तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक’ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक भएको जनाएको छ । काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि...
सलह किराको पूर्व नियन्त्रणमा लागौं
सलह किराको पूर्व नियन्त्रणमा लागौं नेपालमा कोरोनाले महामारी फैलाए जस्तै सलह किराले महामारीसँगै भोकमरीको महासंकट जन्माउन सक्ने देखिन्छ । चीनमा कोरोना भाइरसको प्रकोप सुरु हुनभन्दा केही हप्ता अगाडि अफ्रिकी महादेशका केही देशहरू जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्याङ्ग्रा (सलह) ले धेरै नै क्षति पुर्‍याएको समाचारहरू प्रकाशित भएका थिए ...
सिरी ए को खेल तालिका सार्वजनिक
सिरी ए को खेल तालिका सार्वजनिक कोरोना भाइरसका कारण स्थगित भएको इटालीयन सिरी ए अन्तर्गत यस सिजन बाँकी रहेका खेलको तालिका सार्वजनिक भएको छ । लिग अगष्ट पहिलो साता सकाउने तयारी छ । कोरोना महामारीपछि सिरी ए यही जुन २० देखि फेरि शुरु हुँदैछ । इटालियन फुटबल फेडेरेसनले सोमबार सिजनको बाँकी खेल तालिका तय गरेको हो ...
भारतबाट फर्किएका रामपुरका २ जनामा कोरोना ‘पोजेटिभ’
भारतबाट फर्किएका रामपुरका २ जनामा कोरोना ‘पोजेटिभ’ पिसिआर परीक्षण भएका मध्ये पाल्पाको रामपुर नगरपालिकामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्किएर सीताराम माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका २३ वर्षिय र २८ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।
एकै दिन २ सय ८८ जनामा संक्रमण
एकै दिन २ सय ८८ जनामा संक्रमण कोभिड–१९ को संक्रमण आज एकै दिन २ सय ८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमाम २ सय ८८ जनामा संक्रमण देखिएको बताए । संक्रमितमा २ सय ७० पुरुष र १८ महिला रहेका छन् ।
गुल्मीका स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गरिदै
गुल्मीका स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गरिदै जिल्लाका स्थानीय तहहरुमा आइसोलेशन कक्ष निर्माण गर्न लागिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै स्थानीय तहहरुमा १ सय बेडका आइसोलेशन कक्षा निर्माण गर्न लागिएको हो । यस अघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका ७ स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गर्ने निर्णय गरेको...
नेपाल शिक्षक संघद्धारा राहत कोषमा सहयोग
नेपाल शिक्षक संघद्धारा राहत कोषमा सहयोग नेपाल शिक्षक संघ गलकोट नगर बागलुङले गलकोट नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दश हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम ग्रहण गर्दै नगर प्रमुख भरत शर्मा गैरेले विपद्का बेला शिक्षक संघले देखाएको सहयोग र...
कोरोना पोजेटिभ देखिएका निस्दीका २ जनालाई आईसोलेशनमा लगियो
कोरोना पोजेटिभ देखिएका निस्दीका २ जनालाई आईसोलेशनमा लगियो कोरोना पोजेटिभ देखिएपछि भारतबाट फर्किएर क्वारेन्टाईनमा रहेका निस्दीका २ जनालाई आईसोलेशनमा लगिएको छ । जेठ १० गते संकलन गरिएको स्वाव नमुना परीक्षणको क्रममा सोमबार पोजेटिभ देखिएपछि उनीहरुलाई तानसेनमा निर्माण गरिएको आसोलेसनमा लगिएको हो ।
पाल्पामा आइसोलेशनमा  उपचारत एक व्यक्तिको मृत्यु
पाल्पामा आइसोलेशनमा उपचारत एक व्यक्तिको मृत्यु आईसोलेसमा रहेका एक जना व्यक्तिको मृत्यु भएको छ । पुर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुषको मृत्यु भएको हो । । उनको युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मंगलवार मृत्यु भएको हो । उनको स्वाव परीक्षणको रिपोर्ट नआएकाले कोरोना सक्रमणबाट मृत्यु भएको हो वा होईन भन्ने अझै पुष्टि...
गुल्मीको मुसिकोटमा क्वारेन्टाइन व्यवस्थापनमा चुनौती
गुल्मीको मुसिकोटमा क्वारेन्टाइन व्यवस्थापनमा चुनौती जिल्लाको मुसिकोट नगरपालिकामा भारतीय सिमा नाकाबाट आएका नागरिकहरुको संख्या अत्याधिक भए पछि क्वारेन्टाईन व्यवस्थापनमा चुनौती थपिएको छ । ७१ ओटा क्वारेन्टाइनमा ३ सय २५ वेड तयारी गरेको नगरपालिकाले भारतबाट घर फर्किनेको संख्या वढ्दै गएकोले व्यवस्थापनमा चुनौती थपिएको बताएको छ ।
Weather Update