नेतृ पन्थीद्वारा क्वारेन्टाइनमा रहेका नागरिकलाई स्वास्थ्य सामग्री
सोमबार, जेठ २६, २०७७
युनिक एफ.एम.ले ट्युसन अन इएरका शिक्षकलाई गर्यो सम्मान सहित विदाई
सोमबार, जेठ २६, २०७७
बन्दाबन्दीका बेला कक्षा ११ र १२ का लागि दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको युनिक एफएम पाल्पाले आईतबार एक औपचारिक कार्यक्रमका बीच ट्युसन अनइएरका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको छ । रेडियोले तानसेन नगरपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रममा रेडियोबाटै विद्यार्थीहरुलाई अध्यापन गराउर्दै आएका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको हो । कोरोनाका कारण...
अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना संक्रमण
सोमबार, जेठ २६, २०७७
जिल्लामा सोमबार एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन...
‘कोरोनाको भयभन्दा समाजको त्रास बढी’
सोमबार, जेठ २६, २०७७
समाचार सङ्कलनकै क्रममा कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहेका कपिलवस्तुका दुई सञ्चारकर्मीलाई निको भएपछि आइतबार डिस्चार्ज गरियो । सत्र दिन जिल्लाको माहुरी होममा निर्माण गरिएको आइसोलेशनमा बसेका सञ्चारकर्मीलाई बिदाइ हुँदै गर्दा कुनै युद्ध जितेर फर्किन लागेको जस्तो अनुभव भयो । ‘कोरोनाको भयभन्दा समाजको त्रास बढी हुने रैछ’, कपिलवस्तु ‘दर्पण’ र ‘उज्यालो’...
तिलोत्तमा : कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामा
सोमबार, जेठ २६, २०७७
कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा दिएर तिलोत्तमा नगरपालिकाले तयार गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ । नगरपालिकाको सातौँ नगरसभाको पहिलो बैठकमा नगर प्रमुख वासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति...
मृत्युपछिको कोरोना पुष्टि खतरा
सोमबार, जेठ २६, २०७७
नेपालमा कोरोना भाइरसको प्रभाव दिनप्रति दिन बढ्दै गएको छ । संक्रमितको संख्या ३२ सय ३५ भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या १३ पुगेको छ । यी १३ जनाकै मृत्युको वास्तविक कारण कोरोना नै हो त ? विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार यी १३ जनाको मृत्युको कारण कोरोना नै...
बन्दाबन्दीले खानेपानी आयोजना प्रभावित
सोमबार, जेठ २६, २०७७
कोभिड–१९ संक्रमण जोखिमसँगै देशभर जारी बन्दाबन्दी (लकडाउन) का कारण साना तथा ठूला विकास निर्माणका आयोजना प्रभावित भएका छन् । विकास निर्माणका काम द्रूत गतिमा हुने समयमै लकडाउन भएपछि विकास निर्माणका काम ठप्प भएका हुन् । कोरोना भाइरसको संक्रमण जोखिम बढेसँगै जारी लकडाउनका कारण जिल्लामा सञ्चालित खानेपानीका आयोजनाहरु प्रभावित भएका छन् ...
गुल्मीमा ३३ जनाको आरडिटी परीक्षण, तीन जनाको रिपोर्ट ‘पोजेटिभ’
आइतबार, जेठ २५, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमिचौरको क्वारेन्टाइनमा रहेका ३३ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षण गरिएको छ । आइतबार वडाको भगवती माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका ९३ जना मध्ये ३३ जनाको आरडीटी परीक्षण गरिएको हो ।
शहिद बहुमुखी क्याम्पसमा २५ वेडको आईसोलेशन वेड तयार
आइतबार, जेठ २५, २०७७
शहिद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा २५ वेडको आईसोलेशन वेड तयार गरिएको छ । कोरोना पोजेटिभ देखिएका विरामीहरुको व्यवस्थापनको लागि रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले संयुक्त रुपमा बेड तयार गरेको हो ।
तानसेनमा ‘विज्ञान वरदान कि अभिशाप’ विषयक वादविवाद प्रतियोगिता
आइतबार, जेठ २५, २०७७
तानसेनमा ‘विज्ञान वरदान कि अभिशाप’ भन्ने विषयक वादविवाद प्रतियोगिता भएको छ । तानसेन नगरपालिका शिक्षा शाखा अन्तर्गतको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा जुम एप्लिकेशनबाट प्रतियोगिता भएको हो । प्रतियोगितामा दमकडा माविकी विनिता पराजुली प्रथम,जनता मावि तानसेनकी सदिक्षा ढकाल द्वितीय र सेन्ट क्यापितानिओ बोर्डिङकी प्रेष्मा पौडेल तृतीय भएका छन् ।
संक्रमण रोकथामका लागि स्थानीय सरकारसँग समन्वय गर्छौ : प्रजिअ न्यौपाने
आइतबार, जेठ २५, २०७७
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कोरोना संक्रमण रोकथामका लागि स्थानीय सरकारसँग समन्वय गरेर जाने बताएका छन् । हालै सुर्खेतबाट पाल्पा सरुवा भई आएका प्रजिअ न्यौपानेले समुदाय स्तरमा कोरोना सक्रमण आउन नदिन जिल्लाका स्थानीय तहदेखी जनप्रतिनिधी, सुरक्षाकर्मी पत्रकारहरुसँग समन्वय गरी काम गर्ने बताएका हुन् ।
रैनादेवी छहराको राहत कोषमा रायमाझी कुलदेवता समितिको सहयोग
आइतबार, जेठ २५, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको कोरोना विपद् कोषमा रायमाझी कुलदेवता समिति छहरा काठमाण्डौ सम्पर्क उप–समितिले आर्थिक सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा समितिले दश हजार सहयोग गरेको हो । उक्त राहत रकम समितिका केन्द्रिय सदस्य लक्ष्मण रायमाझीले गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीलाई हस्तान्तरण...


