Shittalpati
रुपन्देही घटनामा संलग्नलाई कारवाही माग
रुपन्देही घटनामा संलग्नलाई कारवाही माग राष्ट्रियसभाका सदस्यले पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा बढ्दै गएको हत्याहिंसा अन्त्य गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट (पार्टी) का गोपाल भट्टराईले पछिल्लो समयमा रुकुम र रुपन्देहीलगायत जिल्लामा भएको हत्यामा संलग्न दोषीमाथि कारवाही गर्नुपर्ने माग गरे ।
पर्वतीय पर्यटन प्रवद्र्धन गर्दै भिरकोट
पर्वतीय पर्यटन प्रवद्र्धन गर्दै भिरकोट पर्वतीय पर्यटन प्रवद्र्धन गर्न भिरकोट नगरपालिका योजना निर्माणमा जुटेको छ । पर्यटनका माध्यमबाट नगरको विकासका साथै नगरवासीलाई रोजगारी समेत दिने भन्दै नगरपालिका योजना निर्माणमा जुटेको हो । नगरपालिकाले नगरभित्र रहेका ऐतिहासिक एवं विभिन्न धार्मिक क्षेत्रहरुलाई समेटेर ती क्षेत्रको वृहत्तर पर्वतीय पर्यटन विकासको डिपिआर निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरप्रमुख...
भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना
भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना भएको छ । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सोमबार कार्यालय स्थापना गर्दै सङ्कट ग्रस्त पर्यटन क्षेत्रलाई जीवन्तता दिन प्रदेश सरकारले विशेष योजनाका साथ काम गर्ने बताए । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले पर्यटन क्षेत्रमा कोरोनाले पारेको प्रभावका...
हत्या गरेको आशङ्कामा नियन्त्रणमा
हत्या गरेको आशङ्कामा नियन्त्रणमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हत्या गरिएकामा एक महिला र चार पुरुष छन् । घटनास्थल गाई फार्म नजीकै भेटिएका झपेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी...
काँग्रेस नेता डा.भण्डारीलाई पितृशोक
काँग्रेस नेता डा.भण्डारीलाई पितृशोक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. चन्द्र भण्डारीलाई पितृशोक परेको छ ।
रामपुरमा २५ वेडको आइसोलेशन वेड तयार
रामपुरमा २५ वेडको आइसोलेशन वेड तयार शहिद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा २५ वेडको आईसोलेशन वेड तयार गरिएको छ । कोरोना पोजेटिभ देखिएका विरामीहरुको व्यवस्थापनको लागि रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले संयुक्त रुपमा बेड तयार गरेका हुन् । जेठ २ गते तानसेनमा भएको सर्वपक्षिय बैठक अनुसार निस्दी र रामपुरले रामपुरमा ५० वेडको आइसोलेशन निर्माण गर्ने भनिएको...
माथागढी गाउँपालिकाको राहत कोषमा मगर संघको सहयोग
माथागढी गाउँपालिकाको राहत कोषमा मगर संघको सहयोग नेपाल मगर संघ माथागढी गाँउसमितिले कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । जिल्लाको माथागढी गाउँपालिकाले स्थापना गरेको कोरोना राहत सघले पाँच हजार आर्थिक सहयोग गरेको हो । संघले गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरलाई गाउँपालिकामै भेटी उक्त रकम हस्तान्तरण गरेका हुन् । नेपाल मगर संघका जिल्ला अध्यक्ष तेज घर्ती मगरले...
रुपन्देहीमा पाँचको हत्या
रुपन्देहीमा पाँचको हत्या रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्तिले सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी...
पाल्पा अस्पतालको मास्टर प्लान तयार
पाल्पा अस्पतालको मास्टर प्लान तयार पाल्पा जिल्ला अस्पतालमा ५० शैयाको क्षमता स्तरवृद्धि र अत्याधुनिक भवन निर्माणको गुरुयोजना तयार भएको छ । अस्पतालले सोमवार सो गुरु योजना एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो । जिल्लाका दल, प्रदेश सांसद तथा सरोकारवाला र सञ्चारकर्मीहरु बीच सो मास्टरप्लान सार्वजनिक गरिएको गरियो । जिल्ला अस्पताल विकास समितिको तर्फबाट समितिका अध्यक्ष...
कोरोना जितेका अध्यक्ष विरुवा रोपेर निस्किए एकान्तवासबाट
कोरोना जितेका अध्यक्ष विरुवा रोपेर निस्किए एकान्तवासबाट दिनमा कोरोनालाई जितेका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले कार्यालय परिसरमा बिरुवा रोपण गरि एकान्तबासबाट बाहिर सार्वजनिक भएका छन् । उनले गाउँपालिकाको कार्यलय परिसरमा ओखर, एभोकाडो , रुद्राक्ष र मुन्तलाका बिरुवाहरु रोपाण गरी बाहिर सार्वजनिक भएको धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिबबहादुर खत्रीले जानकारी दिए ।
एलएमसीको आइसोलेशनमा उपचाररत एकको मृत्यु, दुईको कोरोना पुष्टि
एलएमसीको आइसोलेशनमा उपचाररत एकको मृत्यु, दुईको कोरोना पुष्टि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज (एलएमसी)को आइसोलेशन कक्षमा उपचारत चार जना मध्ये एक जनाको मृत्यु भएको छ भने दुई जनामा कोरोना पुष्टि भएको छ । आइसोलेशनमा उपचार गराइरहेका गुल्मी मालिका गाउँपालिका ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
Weather Update