
पाल्पा । तानसेनमा ‘विज्ञान वरदान कि अभिशाप’ भन्ने विषयक वादविवाद प्रतियोगिता भएको छ । तानसेन नगरपालिका शिक्षा शाखा अन्तर्गतको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा जुम एप्लिकेशनबाट प्रतियोगिता भएको हो । प्रतियोगितामा दमकडा माविकी विनिता पराजुली प्रथम,जनता मावि तानसेनकी सदिक्षा ढकाल द्वितीय र सेन्ट क्यापितानिओ बोर्डिङकी प्रेष्मा पौडेल तृतीय भएका छन् । त्यस्तै विज्डम बोर्डिङ्ग बाँसटारीका प्रविण बस्याल, न्यू होराईजनकी विज्ञा तिमिल्सेना र देववाणी संस्कृत तथा साधारण माविकी अर्चना ज्ञवाली सान्त्वना भएको अतिरिक्त क्रियाकलाप समितिले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले पाँच हजार ,द्वितीय हुनेले चार हजार, तृतीय हुनेले तीन हजार र सान्त्वना हुनेले एक हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा तानसेन नगरपालिका भित्रका १८ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । तानसेन नगरपालिकका प्रमुख अशोक कुमार शाहीले विद्यार्थीको शैक्षिक गतिविधिसँगै क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने बताए ।
प्रतियोगितामा उपप्रमुख लक्ष्मी पाठक, नगरपालिकाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपाने,प्याब्सन पाल्पाका अध्यक्ष भरत प्रसाद न्यौपाने, दमकडा माविका प्रअ मोहन सापकोटा,प्यारागन बोर्डिङका प्रिन्सिपल गंगा बहादुर खत्री ,जनता माविका शिक्षक राम प्रसाद ढकाल लगायतले विजयी प्रतियोगी विद्यार्थीहरुलाई हार्दिक बधाई ज्ञापन गरेका थिए । शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपाने,स्रोत व्यक्ति लक्ष्मी ढुङ्गाना,समितिका सदस्य भावना खनालले प्रतियोगितामा निर्णायकको भूमिका खेलेका थिए । आईटी अफिसर प्रकाश गैरेले प्राविधिक सहयोग गरेका थिए । प्रतियोगिता अतिरिक्त क्रियाकलाप समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता, समितिका सदस्य कृष्ण मल्लको सञ्चालनमा प्रतियोगिता भएको थियो ।