चक्कु प्रहार गरी श्रीमतीको हत्या
बिहीबार, असार ११, २०७७
गुल्मी दरबारमा कृषि, रोजगार र स्वास्थ्यलाई प्राथमिकता
बिहीबार, असार ११, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि कृषि, रोजगार, स्वास्थ्य र शिक्षामा जोड दिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारीत गर्दै विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको संकट विरुद्व जुद्ध सुशासन, स्वास्थ्य,शिक्षा, खानेपानी, कृषि उत्पादन र रोजगारीलाई प्रवद्र्धन जस्ता क्षेत्रहरुलाई उच्च प्राथमिकतामा राखिएको...
पाल्पाली गायक नारायण रायमाझीको ‘के लेखौ र खबर आमा...’सार्वजनिक
बिहीबार, असार ११, २०७७
वरिष्ठ लोकगायक नारायण रायमाझीले मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन् । पाल्पाको माटोमा जन्मिएर लोक गायन तथा चलचित्र निर्देशनमा समेत ख्याती कमाएका रायमाझीले के लेखौ र खबर आमा...बोलको गीत बजारमा ल्याएका हुन । गीतमा महिला आवाज कमला पोखरेलको रहेको छ । रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको हो...
समाचार प्रभाव : विमलाले पाइन् सहयोग
बिहीबार, असार ११, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौरकी ३२ वर्षीया विमला कुँवरले सहयोग पाएकी छन् । जेठ ८ गते नवजनचेतना दैनिक, शित्तलपार्टी डटकम र विभिन्न सञ्चार माध्यमहरुमा विमलालाई पीडा माथि पीडा, न बास न गाँस शिर्षकको समाचार प्रकाशित भएपछि विमलाले सहयोग पाएकी हुन् । उनलाई तम्घास क्याम्पस रोड निवासी भेषराज रेग्मी परिवारले सहयोग...
पाल्पामा थप १२१ जनामा कोरोना, संक्रमितको संख्या ३६९ पुग्यो
बिहीबार, असार ११, २०७७
पाल्पामा थप १२१ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर कोभिड अस्पतालमा ९३ जना, प्रदेश प्रयोगशाला र केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको क्रममा २८ जना गरी १२१ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएका १२१ जना मध्ये निस्दी गाउँपालिकामा ८७ पुरुष र ६ जना महिला गरी ९३ जना, रम्भा पुर्वखोला...
कोभिड विरुद्ध स्थानीय सरकार : सकस, साहास र सम्झौता
बिहीबार, असार ११, २०७७
कोभिड –१९ (कोरोना) को विरामी टेकु अस्पतालमा भर्ना भयो भन्ने थाहा पाउदाँ आफुसँग भएका एन ९५ ओरिजिनल माक्स सबै सक्काइयो, आज कहिल्यै नदेखेको केएन ९५ को भरमा पिसिआर र आरडिटी गरिदैछ र अब समुदायमा कोरोना फैलिनु सँगसंगै मरणोपरान्त कारण खोज्न बाहेक अन्यथा परीक्षण नहुने दिन नजिकिदै छ जस्तो आभास भइरहेको...
असारे विकासको रोग
बिहीबार, असार ११, २०७७
हरेक वर्ष जस्तै यस वर्ष पनि असारे विकासले निरन्तरता पाएको छ । आर्थिक वर्ष सकिनै लाग्दा असारमा विकास बजेट खर्च गर्ने पुरानै प्रवृतिले अहिले पनि निरन्तरता पाएको हो । संघीय सरकारमा विगत लामो समयदेखि देखिएको यो रोग प्रदेश र स्थानीय सरकारमा पनि देखिएको छ । आर्थिक वर्षको अन्त्यमा र त्यो...
मागका आधारमा रामपुरका कृषकलाई नि:शुल्क फलफुलका विरुवा वितरण
बुधबार, असार १०, २०७७
पाल्पाको रामपुर नगरपालिका कृषि शाखा तथा नगरका वडाहरुले शत प्रतिशत अनुदानमा कृषकहरुलाई फलफुलका बिरुवा वितरण गरेको छ । कृषकहरुलाई मागको आधारमा शाखा तथा वडा कार्यालयले सुन्तला, कागती र अमिलोको बिरुवा वितरण गरेको हो । कृषिशाखामा मंगलबार एक कार्यक्रमका विच कृषकहरुलाई बिरुवा हस्तान्तरण गरेर शुभारम्भ गरिएको थियो । रामपुर नगरपालिकाका कृषकलाई...
रामपुर नगरको नीति तथा कार्यक्रम सार्वजनिक
बुधबार, असार १०, २०७७
पाल्पाको रामपुर नगरपालिकाले सातौं नगरसभा मार्फत कोभिड–१९ नियन्त्रण, कृषि, रोजगारी वृद्धि, गरिवि निवारण आयआर्जन र सार्वजनिक निर्माणलाई प्रथामिकता दिएर नीती तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरसभालाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कोभिड१९ को...
रिव्दीकोटको बजेट : स्वास्थ्य, कृषि र पशुपालनमा प्राथमिकता
बुधबार, असार १०, २०७७
जिल्लाको रिव्दीकोट गाउँपालिकाले स्वास्थ्य, कृषि र पशुपालनमा केन्द्रीत गर्दै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४९ करोड ८३ लाख ७१ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी खनालले आगामी बर्षको लागि स्वास्थ्य,कृषि, पशु पर्यटन शिक्षा, खानेपानी सरसफाई, वन वातावरण...
तानसेन नगरको आगामी बजेट नगर सभामा प्रस्तुत
बुधबार, असार १०, २०७७
तानसेन नगरपालिकाले आगामी आर्थिक २०७७/०७८ का लागि १ अर्ब १२ करोड ८९ लाख ६० हजार ७ सय ४७ बराबरको बजेट ल्याएको छ । नगर सरकारले सातौ नगर सभा मार्फत उक्त बजेट सहित नीति तथा कार्यक्रम प्रस्ताव गरेको हो । बुधबारदेखि सुरू भएको नगर सभामा नगर प्रमुख अशोककुमार शाहीले पूँजीगततर्फ ४६...
बगनासकालीको बजेट : स्वास्थ्य, कृषि र रोजगारमा प्राथमिकता
बुधबार, असार १०, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य, कृषि र रोजगारलाई बजेटमा प्राथमिकता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि ४५ करोड ४ लाख ६६ हजार २ सय ७४ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको बताएको...


