Shittalpati
पाल्पामा थप १२१ जनामा कोरोना, संक्रमितको संख्या ३६९ पुग्यो

कृष्ण पोखरेल
तानसेन । पाल्पामा थप १२१ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर कोभिड अस्पतालमा ९३ जना, प्रदेश प्रयोगशाला र केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको क्रममा २८ जना गरी १२१ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएका १२१ जना मध्ये निस्दी गाउँपालिकामा ८७ पुरुष र ६ जना महिला गरी ९३ जना, रम्भा पुर्वखोला गाउँपालिकामा १८ जना, रम्भा गाउँपालिकामा ६ जना, तानसेन नगरपालिकामा ३ जना र तिनाउँ गाउँपालिकामा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । यो संगै पाल्पामा संक्रमितको संख्या ३ सय ६९ पुगेको छ ।

यस अघि पाल्पाको रामपुर नगरपालिकामा १६ जना, बगनासकालीमा २८, पूर्वखोलामा १ सय २९, माथागढी २७, रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, तिनाउँ गाउँपालिकामा ३ जना, संक्रमित भएका छन । उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ७ जना निको भई घर फर्कि सकेका छन । पाल्पामा संक्रमित बढे संगै गाउँपालिकाहरु लाई आइसोलेशन व्यवस्थापनमा कठिनाई भएको छ । रैनादेवी छहरा, पुर्वखोला र निस्दी गाउँपालिकाले आइसोलेशनको अभावमा संक्रमितहरुलाई क्वारेन्टाइनमै व्यवस्था गरेका छन । गाउँ–गाउँमा बाटो पहिरो गएकोले संक्रमितहरु लाई तानसेनको आईसोलेशनमा ल्याउन नसकेको रैनादेवी छहरा गाउँपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update