खानपिनमा ध्यान दिऔं
आइतबार, असार १४, २०७७
महाधिवेशनको कार्यतालिका छिट्टै आउने : नेता पौडेल
शनिबार, असार १३, २०७७
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका छिट्टै ल्याइने बताएका छन् । उनले महाधिवेशनको तयारी सुरू गर्न नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।
गुल्मीमा थप १८ जनामा संक्रमण, संक्रमितको संख्या २ सय ७५ पुग्यो
शनिबार, असार १३, २०७७
जिल्लामा शनिबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या २ सय ७५ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
नारायण युवा क्लवको सक्रियतामा फूलबारी चिटिक्क पारिदै
शनिबार, असार १३, २०७७
विकास गर्न धन नै चाहिदैन धेरै थरीका मनहरु एउटै भएपछि धन बिना पनि विकास सम्भव हुन्छ भन्ने उदाहरण दुई हप्ताको बिचमा देखिएको छ । तानसेन नगरपालिका वडा २ नारायणस्थानको फूलबारीको अवस्था धन बिना मनबाट विकासमा परिवर्तन भएको छ ।
संक्रमितलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा तानसेनमा त्रास
शनिबार, असार १३, २०७७
जिल्लाको सदरमुकाम तानसेनमा कोरोना संक्रमित देखिएका नागरिकलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा त्रास फैलिएको छ । शनिबार तानसेनमा देखिएका चार जना संक्रमितलाई आइसुलेशन सेन्टरमा लैजान ढिलाई हुँदा स्थानीयमा त्रास फैलिएको हो ।
पाल्पामा थप २५ जनामा कोरोना पुष्टि
शनिबार, असार १३, २०७७
जिल्लामा शनिबार थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिका, तानसेन नगरपालिका र पूर्वखोला गाउँपालिकामा दुई महिला र २३ पुरुषमा संक्रमण देखिएको हो ।
निस्दी गाउँपालिकामा व्यापक अनियमितता, बजेट विनियोजनमा अपारदर्शिता
शनिबार, असार १३, २०७७
आर्थिक नियम र ऐनको धज्जी उडाउदै पूर्वी पाल्पाको निस्दी गाउँपालिकाले व्यापक अनियमितता गरेको खुल्न आएको छ । गाउँपालिकाले आर्थिक बर्ष सकिनै लाग्दा ५२ लाख ८५ हजार रुपैयाँ राजनैतिक आस्थाका आधारमा वितरण गर्न थालेको खुल्न आएको हो ।
पाल्पामा शव व्यवस्थापनमा खटिएका दुई जनामा संक्रमण
शनिबार, असार १३, २०७७
जिल्लामा कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई जनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ २० गते पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना संक्रमणबाट मुत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेना गोरखदल गणका दुई जना सेनामा संक्रमण देखिएको हो ।
खै कता... (कविता)
शनिबार, असार १३, २०७७
खै कता गयो सहयोगको अरबौँ रकम
मृगौला प्रत्यारोपण करोडौँ हजम
भूकम्प पीडितको नाममा लाखौँ कमाइयो
कोरोनाको नाममा अरबौँ रमाइयो... खै कता...
सरकारी जागिर छोडेर बाख्रापालनमा रमाउँदै नरबहादुर
शनिबार, असार १३, २०७७
वर्ष अघि भारतमा रहेको सरकारी जागिर छाडेर जिल्लाका एक कृषक बाख्रापालनमा रमाएका छन् । मालिका गाउँपालिका ५ छापहिलेका नरबहादुर महतारा सरकारी जागिर छोडेर अहिले लालीगुराँस बाख्राफार्मम खोलेर बाख्रापालनमा रमाएका हुन् । ३० बर्ष अघि भारतमा गर्दै आएको सरकारी जागिर छोडेर नेपाल मै केही गर्छु भनेर फर्र्किएका महताराले गाउँमा बाख्राफार्म खोलेका...
आंशिक प्राध्यापक : कथा व्यथा सबैका आ–आफ्नै
शनिबार, असार १३, २०७७
कोरोना भाइरस (COVID 19) सन्त्रासले संसारलाई त्रसित बनाई रहँदा नेपाली समाजको एउटा तप्का तुलनात्मक रुपले अत्यन्तै निराशाजनक तरीकाले जीवन विताउन बाध्य भएको छ, त्यो तप्का हो त्रि.वि. र यस मातहत रहेका आङ्गिक क्याम्पसहरुमा प्राध्यापनरत दैनिक ज्यालादारीमा कार्यरत आंशिक शिक्षकहरु । किनभने उनीहरुले अध्यापन गरेको अवस्थामा मात्र वेतन पाउँछन्, काम नगरेको...
मौसमी रोगको जोखिम
शनिबार, असार १३, २०७७
कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै नेपालमा गर्मी मौसम सुरु भएको र सँगसँगै बर्खायामकोे मौसमी चक्र समेत आरम्भ भएकाले अबका दिनमा मौसमी बिरामीको जोखिम समेत बढ्न सक्ने देखिन्छ । देशका धेरै ठाउँमा बाढी पहिरो गइरहेको छ । धेरै मानिसहरुको ज्यान समेत गइसकेको छ ।


