नवजनचेतना राष्ट्रिय दैनिक २०७७ असार ८ गते मंगलबार
मंगलबार, असार ९, २०७७
तानसेन पहिरो अपडेट : गाडी बगाउँदा मृत्यु भएका तीन जनाको पहिचान खुल्यो
मंगलबार, असार ९, २०७७
मृत्यु हनेहरुमा पाल्पाका रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ बर्षिय भुवन खाम्चा, कार्भे पाचखाल नगरपालिका वडा नंं ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नंं २९ बाङ्गेसालका २३ बर्षिय विर बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ
तानसेनमा पहिरो : गाडी बगाउँदा तीनको मृत्यु,पहिचान खुल्न बाँकी (अपडेट)
सोमबार, असार ८, २०७७
जिल्लाको सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा पहिरोले गाडी बगाउँदा सोमबार तीन जनाको मृत्यु भएको छ । शुक्रबार राती देखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले तानसेन नगरपालिका ११ सम्मोबारी नजिकै सडकमा रोकिएका चार सवारी बगाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।...
तानसेन पहिरो (अपडेट) : गाडी बगाउँदा मुत्यु हुनेको संख्या तीन पुग्यो
सोमबार, असार ८, २०७७
जिल्लाको तानसेन नगरपालिका ११ सम्मोबारी नजिकै पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनामा गम्भिर घाइते अवस्थामा उद्दार गरिएका एक पुरुषको उपचारका क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गुल्मीमा थप ४४ जनामा कोरोना संक्रमण
सोमबार, असार ८, २०७७
जिल्लामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या २ सय ३७ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
तानसेनमा पहिरोले गाडी पुर्दा दुईको मृत्यु (थप विवरण आउन बाँकी)
सोमबार, असार ८, २०७७
जिल्लाको तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले गाडी पुर्दा दुई जनाको मृत्यु भएको छ । शुक्रबार रातभर आएको अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप तल खसेको र कार बाटोमै पुरिएको छ ।
पहिरोले पाल्पाका सडक अवरुद्ध
सोमबार, असार ८, २०७७
निरन्तर अविरल वर्षाका कारण खसेको पहिरोले जिल्ला भित्र पर्ने विभिन्न सडकहरु अवरुद्ध बनेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण जिल्ला भित्र पर्ने विभिन्न राजमार्ग अन्र्तगतका सडकहरु अवरुद्ध बनेका हुन् ।
पाल्पामा थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ७६ पुग्यो
सोमबार, असार ८, २०७७
जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ थपिदै गएको छ । सोमबारमात्र जिल्लामा ८२ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ८० जना र माथागढी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पूर्वखोला गाउँपालिकाका १...
कृषिको व्यावसायिकरणमा जोड दिँदै प्रदेश र स्थानीय सरकार
सोमबार, असार ८, २०७७
खस्यौली । कृषिको व्यावसायीकरणका लागि कार्यक्रम तय गर्दै प्रदेश सरकारको बजेट केन्द्रित गरिएको छ । कृषिको व्यावसायीकरणका लागि स्मार्ट कृषि कार्यक्रम, करिडोर विशेष कार्यक्रम, पकेट क्षेत्र विशेष कार्यक्रम, विदेशबाट आएका युवालाई स्वरोजगार लगायत कार्यक्रम रहेको र त्यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारीतर्फ चार अर्ब ८६ करोड ३५ लाख विनियोजन...
खम्बा ढल्दा तीन दिनदेखि अन्धकार
सोमबार, असार ८, २०७७
अविरल वर्षाका कारण खसेको पहिराले खम्बा ढल्दा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ । अविरल वर्षा हुँदा खसेको पहिराले बिजुलीको खम्बा ढलेपछि विद्युत सेवा अवरुद्ध भएको हो । रिब्दीकोट गाउँपालिका ७ बतासेमा पहिराले एउटा विद्युतको खम्बा बगाएको र अन्य सात ढलेपछि सो क्षेत्र तीनदेखि अन्धकार बनेको छ ।...
पाल्पाको रम्भामा खोलाले बगाउँदा एक महिलाको मृत्यु
सोमबार, असार ८, २०७७
जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । आईतबार राती परेको अविरल वर्षका कारण एक्कासी बढेर आएको झिर्दी खोलाले बगाउँदा खोलाखेतकी ७० वर्षकी मनकुमारी सारुको मृत्यु भएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
बाढी पहिरोको कहर
सोमबार, असार ८, २०७७
केही दिनदेखि परेको अविरल वर्षाले देशैभर बाढीपहिरोको कहर छाएको छ । नेपालमा मनसुन भित्रिएसँगै मौसमी गतिविधि बढ्न थालेको छ । बाढी पहिरोका कारण विशेष गरी तराई र पहाडी जिल्लाहरु बढी प्रभावित भएका छन् । शुक्रबार राति आएको अविरल वर्षाका कारण पाल्पा र गुल्मीमा पनि ठूलो क्षति पुगेको छ । पाल्पामा...
विमलालाई पीडा माथि पीडा, न बास न गाँस
सोमबार, असार ८, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौरकी ३२ वर्षीया विमला कुँवरले यति बेला पीडा माथि पीडा खेप्नु परेको छ । एक वर्ष अघि प्रशस्त धन कमाउला र आफ्नो परिवारलाई सुखसयलमा राखौं, छोराछोरीको पठन–पाठन र लालनपालन गरौला भनी सुनौलो सपना बोकेर विदेशिएका श्रीमान बेपत्ता हुँदा विमला अहिले पीडामा छिन् । परिवारको साहरा बनेका...


