Shittalpati
अवरुद्ध तानसेन–बुटवल सडक खण्ड खुल्यो
अवरुद्ध तानसेन–बुटवल सडक खण्ड खुल्यो पहिरोका कारण अवरुद्ध तानसेन–बुटवल सडक खण्डा खुलेको छ । अविरल वर्षका कारण पहिरो जाँदा शनिबार विहानदेखि अवरुद्ध तानसेन नगरपालिका–८, गौडेपुल नजिकै सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको पहिरो हटाएपछि सडक खुलेको हो । सडकदेखि माथिबाट ठूला ढुङ्गा सहित खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।
सामाजिक सुरक्षा भत्ता कटौतीका विषयमा गुल्मीमा पनि विरोध
सामाजिक सुरक्षा भत्ता कटौतीका विषयमा गुल्मीमा पनि विरोध नेपाल सरकारले पेन्सनवालाहरुको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने गरेको निर्णय प्रति देशैभरका भूपु सैनिकहरु विरोधमा उत्रिएका छन् । गुल्मीमा पनि भारतीय पेन्सनवालाहरुले सरकारले पेन्सनवालाहरुका लागि सामाजिक सुरक्षा भत्ता कटौती गर्ने गरेको निर्णय प्रति विरोध जनाएका हुन् । नियमित रुपमा विभिन्न सेवा सुविधा पाइरहेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिने व्यवस्थाको विरुद्ध...
पाल्पामा थप ७ जना निको भएर घर फर्किए
पाल्पामा थप ७ जना निको भएर घर फर्किए जिल्लामा आइतबार थप ७ जना निको भएका छन् । जिल्लाको पूर्वखोला गाउँपालिकाका एक जना, रम्भा गाउँपालिकाका एक जना, बगनासकाली गाउँपालिकाका एक जना, रिब्दीकोट गाउँपालिकाका एक जना र तानसेन नगरपालिकाका तीन जना संक्रमित निको भएका हुन् । थप ७ जना कोरोना संक्रमित घर फर्किएसँगै निको हुनेको संख्या ५ सय १६ पुगेको...
भूपु सैनिकको भत्ता कटौती गर्ने सरकारको निर्णयको रामपुरमा विरोध
भूपु सैनिकको भत्ता कटौती गर्ने सरकारको निर्णयको रामपुरमा विरोध विदेशबाट पेन्सन लिने नागरिकहरुको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णयसँगै देशैभरका भूपू गोर्खा सैनिकहरुले विरोध जनाएका छन् । देशका विभिन्न स्थानमा विरोध प्रदर्शन, धर्ना, र्‍याली तथा ज्ञापन पत्र बुझाउने कार्य भैरहेको छ । यता जिल्लाको पूर्वी क्षेत्रका भूपू सैनिकहरुले पनि रामपुरमा विरोध र्‍यालीसंगै ज्ञापन पत्र बुझाएर निर्णय फिता लिन माग...
विदेशमा कोरोनाबाट थप १६ नेपालीको निधन
विदेशमा कोरोनाबाट थप १६ नेपालीको निधन विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो ।
पहिरोको त्रास
पहिरोको त्रास वर्षायाम सुरु भएसँगै पहाडका नागरिक यतिबेला प्राकृतिक विपद्का घटनाले त्रसित छन् । प्राकृतिक विपद्का घटनाले गर्दा अहिले पहाडमा पहिरोले दर्जनौं घर जोखिममा परेका छन् भने कैयौ विस्थापित भएका छन् । पहाडी क्षेत्रमा घर मात्रै पुरिएका छैनन् नागरिकले ज्यानसमेत गुमाइरहेका छन् ।
परम्परागत पर्व र घण्टाकर्ण गथामुग
परम्परागत पर्व र घण्टाकर्ण गथामुग आज घण्टाकर्ण गथामुग । ग्रह दशा कटाउने दिन । तर यसपाली विश्वव्यापी रुपमा फैलिएको कोरोनो महामारीका कारणले भीडभाड र जमघट गर्न नहुने भनिएकाले घण्टाकर्ण मनाउने काम पनि हुने भए न नै । प्रत्येक वर्ष आजको दिन टोल–टोल, चोक–चोकमा घण्टाकर्ण राक्षसको प्रतिकात्मक पुतला बनाई दिनभर राखी साँझतिर सेलाइन्छ । आफ्ना घर...
कृषि क्षेत्रमा बैंंकहरुले  १५ प्रतिशत लगानी गर्नुपर्ने
कृषि क्षेत्रमा बैंंकहरुले १५ प्रतिशत लगानी गर्नुपर्ने अबदेखि नेपालमा बैंकहरुले कृषि क्षेत्रमा १५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । विगतमा १० प्रतिशमात्र कृषि क्षेत्रमा लगानी गर्दै आएका बैंकहरुले अबदेखि १५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने भएको हो ।
रम्भा गाउँ सरकारको बजेट, कृषि र पशुपालन मार्फत  रोजगारमा केन्द्रीत
रम्भा गाउँ सरकारको बजेट, कृषि र पशुपालन मार्फत रोजगारमा केन्द्रीत जिल्लाको रम्भा गाउँपालिकाले आगमी आर्थिक वर्षको बजेट कृषि र पशुपालन मार्फत रोजगारमा केन्द्रीत गरेको छ । गाउँ सरकारले आफ्नो गाउँ आत्मनिर्भर बनाऔँ अभियानका साथ बजेटको ठूलो हिस्सा २ करोड ७७ लाख ५० हजार कृषि र पशुपालन मार्फत रोजगारमा केन्द्रीत गरेको हो । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको...
नेपालले भारतसँग मित्रता चाहेको छ : मन्त्री ज्ञवाली
नेपालले भारतसँग मित्रता चाहेको छ : मन्त्री ज्ञवाली परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले नेपालले भारतसँग मित्रता चाहेको बताएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालयमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाललाई कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पिसिआर मेसिन हस्तान्तरण गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।
तानसेन–बुटवल सडक पुनःअवरुद्ध, खुल्न केही दिन लाग्ने
तानसेन–बुटवल सडक पुनःअवरुद्ध, खुल्न केही दिन लाग्ने सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुनःपहिरो खसेको छ । शुक्रबाररातिदेखि सडक माथिबाट खसेको पहिरोका कारण बिहानैदेखि यातायात अवरुद्ध भएको छ, भने नालीमा रहेको ट्रक समेत पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक पुरिए पनि मानविय क्षति भने भएको छैन ।
Weather Update