गुल्मीका अधिकारकर्मीले पठाए रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र
शुक्रबार, साउन २, २०७७
अवरुद्ध तानसेन–बुटबल सडक खुल्यो
शुक्रबार, साउन २, २०७७
शुक्रबार विहानदेखि अवरुद्ध तानसेन–बुटवल सडक खण्ड खुलेको छ । विहीबार रातभर आएको अविरल वर्षका कारण सडक माथि देखि खसेको पहिरोका कारण् अवरुद्ध बनेको सडक ९ घण्टापछि खुलेको हो ।
सरकार निजी विद्यालयप्रति संवेदनशील नभएको भन्दै पाल्पा प्याब्सन पनि आन्दोलित
शुक्रबार, साउन २, २०७७
सरकार निजी विद्यालयप्रति संवेदनशील नभएको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पा पनि आन्दोलित भएको छ । कोभिड १९ का कारण सरकारले जारी राखेको लकडाउनका कारण प्रभावित विद्यालयका लागि कुनै पनि निकास नै नदिई उल्टै विज्ञप्तीमार्फत समस्या थप्ने काम गरेको भन्दै प्याव्सन माग सहित आन्दोलित भएको हो ।
तानसेन–बुटबल सडक अवरुद्ध
शुक्रबार, साउन २, २०७७
सिद्धार्थ राजमार्गमा पहिरो खस्दा शुक्रबार तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।
गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज
शुक्रबार, साउन २, २०७७
मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना...
सरकार र विदेसिन बाध्य युवा
शुक्रबार, साउन २, २०७७
एशियामै सबैभन्दा बढी युवा भएको हाम्रो देश नेपालले युवाको जोस, जाँगर र सीपलाई देश विकासमा उपयोग गर्न सकिरहेको छैन भन्दा फरक नपर्ला । युवावर्ग अहिले स्वदेशमा छैन् । भएकाहरुलाई पनि बेरोजगारीले सताइरहेको छ । शिक्षा र रोजगारीले युवाहरु भौतारिएका छन् ।
डिस्चार्ज कति विश्वसनीय ?
शुक्रबार, साउन २, २०७७
पछिल्लो चरणमा कोरोना संक्रमित व्यक्ति डिस्चार्ज हुने दर बढ्दै गएको छ । निको भएर डिस्चार्ज हुनु आफैमा राम्रो पक्ष हो । तर विना परीक्षण डिस्चार्जको नाममा घर पठाईनु चाहि त गलत हो । क्वारेन्टाइनमा बस्नेको चाप र खर्च थेग्न नसक्ने अवस्था भएपछि संघीय सरकारको निर्देशनमा स्थानीय तहहरूले कोरोनाको लक्षण नदेखिएकालाई...
‘पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक’
शुक्रबार, साउन २, २०७७
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । सरसफाईका लागि आवश्यक बाल्टीन वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शाहीले सबैको सहयोग र साथ रहेमा मात्र पूर्ण सरसरफाईयुक्त नगर बनाउन सकिने बताएका हुन् ।
एनसेलले ल्यायो आकर्षक भ्वाइस अफर
शुक्रबार, साउन २, २०७७
नसेल प्राइभेट कम्पनीले आफना ग्राहकहरुका लागि आकर्षक भ्वाइस अफर ल्याएको छ । एनसेलले प्रिपेड ग्राहकहरुका लागि आकर्षक भ्वाइस अफर ल्याएको हो । प्रिपेड ग्राहकले आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्क भित्र सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
वडा सदस्य श्रेष्ठको निधन
बिहीबार, साउन १, २०७७
तानसेन नगरपालिका २ का वडा सदस्य तथा समाजसेवी, नेपाली काँग्रेसका नेता गोपाल श्रेष्ठको निधन भएको छ । मुटु रोग सम्बन्धित उपचार गराईरहेका श्रेष्ठको बुधबार विहान काठमाडौंमा निधन भएको हो । लामो समयदेखि मुटु रोगले उनी ग्रस्त रहेका थिए । श्रेष्ठ तानसेन गुठीलगायतका एक दर्जन संघसंस्थामा सक्रिय रहेका थिए ।
रामपुर नगर सरकारको बजेट ७१ करोड २० लाख
बिहीबार, साउन १, २०७७
रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७१ करोड २० लाख ३० हजारको बजेट पारीत गरेको छ । नगर सभाले झण्डै ५ करोड रुपैयाँ रकम संसोधन थप गरी बजेट पारित गरेको हो । नगरपालिकाले गत १० गते पारित गरेको निती तथा कार्यक्रममा ६५ करोडको अनुमानित बजेट प्रस्तुत गरेको थियो...
रामपुरमा सुरक्षा भत्ता घटाइएकोप्रति नेकपाको आपत्ति, नगर सरकार भन्छ ‘माग अनुसार रकम आएन’
बिहीबार, साउन १, २०७७
रामपुर नगरपालिकाले तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्तामा ४ दशमलव ५ प्रतिशत रकम घटाएर पठाए पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुर नगर कामिटीले आपत्ति जनाएको छ । सातौं नगर सभामा नेकपाका जनप्रतिनिधिहरुले राखेका मागका विषयमा कुनै सुनुवाई नभएको भन्दै रामपुरमा सम्पन्न गरेको पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा राख्दै आपत्ति प्रकट गरेको...


