बी.पी. स्मृति दिवसको सार्थकता
मंगलबार, साउन ६, २०७७
बी.पी.का पूर्वज र ग्रहदशा
मंगलबार, साउन ६, २०७७
विश्वश्वेरप्रसाद कोइराला अर्थात् बी.पी. कोइराला कुनै साधारण व्यक्ति थिएनन् । उनी महामानव थिए । किनकि उनका पूर्वजहरु नै महामानव थिए । बी.पी. कोइरालाका पूर्वजहरुको अध्ययन गर्ने हो भने उनी भगवान अङ्गिराका वंशज हुन् । भगवान् अङ्गिराका छोरा मौद्गलय र मौद्गलयको छोरा मुदगलायन थिए । मुदगलायनका छोरा लम्वोदर र लम्वोदरका छोरा...
बी.पी. कोइराला : नेताका रुपमा स्थापित व्यक्तित्व
मंगलबार, साउन ६, २०७७
नेपाली काँग्रेसका जननी भनिने महा मानव बी.पी. कोइरालालाई आज देश भरका काँग्रेसका कार्यकर्ताहरुले संस्मरण गर्ने दिन हो । काँग्रेस बिना देशमा आमूल परिर्वतन गर्न संभव छैन । काँग्रेसले नै आम जनतालाई रैतिबाट मालिक बनाउने, मुलुकमा लोकतान्त्रिक व्यवस्थाको स्थापना गर्ने हो भन्ने व्यक्ति महामानव बी.पी. कोइराला नै हुन् । बी.पी.कोइरालालाई दुरदर्शी...
शून्य प्रतिशत ब्याजमा सुजुकी बाइक
मंगलबार, साउन ६, २०७७
शून्य प्रतिशत ब्याजमा सुजुकी बाईक तथा स्कुटर खरिद गर्न सकिने भएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी अटोमोबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै शून्य प्रतिशत ब्याजमा सुजुकी बाईक तथा स्कुटर खरिद गर्न सकिने व्यवस्था मिलाएको हो ।
गुल्मी काँग्रेसको नजर पहिरो प्रभावित क्षेत्रमा
सोमबार, साउन ५, २०७७
केही समय अघि जिल्लाको इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाका पहिरोका कारण मानविय तथा भौतिक क्षति भयो । असार १८ गतेको अविरल वर्षासँगै आएको पहिरोमा परी इस्मा गाउँपालिका–१ मल्दीका दुई जनाले अकालमै ज्यान गुमाउनुपर्यो भने, ६ जना गम्भीर घाइते भए । एक सय ९४ घर विस्थापित छन् । त्यहाँ अहिलेसम्म विद्युत,...
लायन्स क्लव अफ पाल्पाद्वारा वृक्षारोपण
सोमबार, साउन ५, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले वृक्षारोपण गरेको । क्लवले तानसेनको नारायण मन्दिर परिसर मा एक कार्यक्रमका बिच वृक्षारोपण गरेको हो । मन्दिर परिसरलाई हरियाली र सरसफाई गर्ने उद्देश्यले वृक्षारोपण गरिएको क्लवले जनाएको हो । क्लवले मन्दिर परिसरमा धुपी, चाप, रुद्राक्ष, बकाइनो लगायतका ५० वटा बिरुवा रोपेको छ
बाल विवाहमा संलग्न चार पक्राउ
सोमबार, साउन ५, २०७७
बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
आगामी २४ घण्टा मुलुकभर नै वर्षा
सोमबार, साउन ५, २०७७
मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए ।
अवरुद्ध तानसेन–बुटवल सडक खुल्यो
सोमबार, साउन ५, २०७७
सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकैको सडक पहिरो हटाएसँगै सुचारु भएको छ । अविरल वर्षाका कारण आईतबार साँझा ८ः१५ मा खसेको पहिरोले अवरुद्ध बनेको सडक सोमबार विहान ११ः२० मा खुलेको हो ।
पहिरोले रामपुरमा दुई घर पुरियो
सोमबार, साउन ५, २०७७
आईतबार साँझदेखि परेको अविरल वर्षासंगै खसेको पहिरोले जिल्लाको रामपुर नगरपालिका–१, स्यालीबजारमा दुई घर पुरिएको छ । रामपुर १ को स्याउली बजार हुँदै मित्याल जोड्ने सडक चौडा गर्ने क्रममा जथाभावी फालिएको ढुङ्गा माटोका कारण खसेको पहिरोले गयराती घरहरु पुरेको हो ।
कोरोनाको त्रासले पाल्पामा रगत अभाव, विरामी जोखिममा
सोमबार, साउन ५, २०७७
एक हप्ता अघि जिल्लाको रैनादेवी छहरा गाउँपालिका भुवनपोखरीका ३९ वर्षका भिमबहादुर विष्ट नियमित जस्तै मृगौलाको डायलासिस गराउन लुम्बिनी मेडिकल कलेज प्रभास पुगे । अस्पताल ल्याएको केही बेरमा चिकित्सकले उनको शरीरमा रगतको मात्रा ज्यादै कम भएकाले तुरुन्त ‘ओ’ पोजेटिभ समूहको रगत ल्याउन आफन्तलाई अह्राए । आतिएका आफन्तले रगतका लागि सबै तिर...


