नवजनचेतना राष्ट्रिय दैनिक २०८१ साउन ५ गते शनिबार
शनिबार, साउन ५, २०८१
तोलामा दुई हजारले घट्यो सुनको मूल्य
शुक्रबार, साउन ४, २०८१
स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ ।
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
शुक्रबार, साउन ४, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पाल्पामा सकियो ७० प्रतिशत धान रोपाइँ
शुक्रबार, साउन ४, २०८१
असारको पहिलो हप्तादेखि धान रोपाइँ सुरु भएको पाल्पामा साउनको पहिलो हप्ता सकिनै लाग्दा करिब ७० प्रतिशत रोपाइँ सकिएको छ । यस वर्ष समयमै पानी परेकाले यहाँका अधिकांस फाँटहरुमा एक महिनामै ७० प्रतिशत रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष कुमार चौधरीले मकै रहेका खेत बाहेक अन्य फाँटहरुका...
गुल्मीमा राहदानीबाट ६ करोड भन्दा बढी राजस्व संकलन
शुक्रबार, साउन ४, २०८१
जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०/८१ मा राहदानीबाट मात्र ६ करोडभन्दा बढीको राजस्व संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सबैभन्दा बढी राजस्व राहदानीबाट संकल भएको जानकारी दिए । १२ हजार चार सय ५० राहदानी वितरण गर्दा आर्थिक वर्ष २०८०/८१ मा ६ करोड ३३ लाख रुपैयाँ संकल...
अर्थतन्त्र सुधार्ने अवसर
शुक्रबार, साउन ४, २०८१
अस्थिर राजनीतिकाबिच मुलुकमा दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार गठन भएको छ । संसदीय राजनीतिमा विरलै हुने घटनाक्रमका रूपमा अहिलेको सत्ता सहयात्रालाई लिन सकिन्छ । यद्यपि नेपालमा दुई ठूला दल मिलेर सरकार बनाएको यो पहिलो पटक भने होइनरु। विगतमा पनि बेला बेलामा यस्ता सहमति भएका छन् ।
विपदबाट आजसम्म एक सय २५ को मृत्यु
बिहीबार, साउन ३, २०८१
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ ।
आशावादी भईदिन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह
बिहीबार, साउन ३, २०८१
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
तोलामा तीन सयले घट्यो सुनको मूल्य
बिहीबार, साउन ३, २०८१
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा तीन सयले घटेको छ । बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।
बुटवल बसपार्कमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा
बिहीबार, साउन ३, २०८१
बुटवलको नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिकाले पहिलो चरणमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा ल्याएको हो ।
अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु
बिहीबार, साउन ३, २०८१
यहाँस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।
मेहन्दी र हरियो चुरामा युवतीहरुको बढ्दो मोह
बिहीबार, साउन ३, २०८१
साउन सुरु भएसँगै तानसेन भगवती टोलकी मनिषा आलेले दुबै हातका पाखुराभरी हरिया चुरा लगाइन । चुरा मात्रै होइन उनले दुबै हत्केलामा बुट्टेदार मेहन्दी पनि लगाएकी छन् । आमा, दिदीहरुले गर्दै आएको परम्परालाई निरन्तरता दिएको उनले बताइन् ।