पाल्पा, विश्व स्वास्थ्य स·ठनको आÞवानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाउँदै आएको विश्व क्यान्सर दिवस आज नेपालमा पनि मनाइँदैछ । विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको संख्या बढिरहेका बेला वर्सेनि चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको छ । क्यान्सर रोग निवारणका लागि सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै छन् । क्यान्सर दिवस मनाउनुको मुख्य उद्देश्य क्यान्सरबारे जनचेतना जगाउनु नै हो । यसका साथै रोकथाम, उपचार र क्यान्सरबाट हुने मृत्युदर न्यून गर्ने नै हो । हाल नसर्ने रोगको प्रकोप बढेको छ । क्यान्सर, मुटु, फोक्सो, मधुमेह लगायतका रोगले धेरैलाई पिरोलिरहेको छ । विश्वका अधिकांश मुलुकमा ६० प्रतिशतभन्दा बढी मृत्युको कारण नसर्ने रोगहरू भएको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । त्यसमध्ये कार्डियो भास्कुलर र क्यान्सरको प्रकोप बढिरहेको पाइन्छ । नसर्ने रोगको जोखिम बढिरहँदा क्यान्सरको पनि जोखिम बढ्दै गएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । अस्पतालमा आउने बिरामीमध्ये महिलाहरूमा पाठेघरको मुखको क्यान्सर र पुरुषहरूमा फोक्सोको क्यान्सर बढी देखिने गरेको छ । ग्लोबल क्यान्सर अब्जरबेटरीका अनुसार नेपालमा क्यान्सरका नयाँ बिरामी पत्ता लाग्नेमध्ये सबैभन्दा बढी १६ दशमलव ४ प्रतिशतमा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ भने १३ दशमलव ९ प्रतिशतमा स्तन क्यान्सर हुने गरेको छ । यसैगरी १० दशमलव ४ प्रतिशतमा फोक्सोको क्यान्सर देखिने गरेको छ । मुटुलगायत अन्य नसर्ने रोगको उपचार विधिमा व्यापक सुधार भएको छ । उपचारमा पहुँच पनि पुगेकाले यी रोगबाट हुने मृत्युको संख्यामा कमी आउन थालेको छ । तर, क्यान्सर रोगको उपचारमा अझै पहुँच पुगेको छैन । क्यान्सर लगायत अन्य नसर्ने खालका दीर्घ रोगको मुख्य कारक तत्वहरू एकै किसिमको पाइन्छ । त्यसैले यी रोगबारे व्यापक जनचेतना फैलाउनुपर्ने खाँचो छ । धेरैजसो मुलुकमा मृत्युको पहिलो नम्बरमा क्यान्सर नै हुने गरेको छ । मुख्यतः क्यान्सर हुनुको कारण खानपान र जीवनशैली रहेको क्यान्सर रोग विशेषज्ञहरु बताउँछन् ।
धूमपान, मद्यपान, मोटोपना र अस्वस्थ जीवनशैलीले गर्दा नै नेपालमा क्यान्सरका बिरामी बढिरहेका छन् । यसबाहेक ५ देखि १० प्रतिशत क्यान्सरका बिरामीमा वंशाणुगत समस्या पनि देखिएको छ । घरमा हजुरबुवा, आमाबुवा वा नातेदार कसैलाई क्यान्सर छ भने सन्तानलाई पनि भएको पृष्ठभूमि पाइएको छ । ९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै हुने गरेको छ । रोबोटिक सर्जरी, प्रोटोन थेरापीलगायत केही उपचारविधि स्वदेशमा उपलब्ध हुन नसकेकाले बाँकी एक प्रतिशतका लागि मात्र अन्य मुलुक जानुपर्ने अवस्था रहेको चिकित्सकहरु बताउँछन् ।


