गुल्मीमा एक पुरुष मृत फेला
गुल्मी, जिल्लाको इस्मा गाउँपालिका–२ स्थित छल्दीपनाह खोलाको कुलोमा एक पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इस्मा–२ रातचौरका ४७ वर्षीय निमबहादुर कुमाल मृत अवस्थामा फेला परेका हुन् ।
कुमाल मंगलबार बिहान घरबाट तम्घास जान्छु भन्दै हिंडेका थिए । उनी सम्पर्कमा नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा बुधबार बिहान छल्दीपनाह खोलाको कुलोमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी हस्तिचौर गुल्मीबाट प्रहरी सहायक निरीक्षक विनय कुमार श्रीवास्तवको कमाण्डमा टोली खटिएको थियोे । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २१, २०८२
प्रतिक्रिया दिनुहोस्


