शहरीकरण दिवसको सार्थकता
शुक्रबार, कात्तिक १४, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
शुक्रबार, कात्तिक १४, २०८२
म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन् । आवाजको भरमा मान्छे चिन्छन् । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन् । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका...
शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने
बिहीबार, कात्तिक १३, २०८२
मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
कैलाशनगर र बतासेडाडाँका स्थानीयले गराए स्थानीय सरकारको ध्यानाकर्षण
बिहीबार, कात्तिक १३, २०८२
तानसेन नगरपालिका –५ को कैलाशनगर र बतासेडाडाँ क्षेत्रका स्थानीयले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विहीबार नगरपालिकाको कार्यालयमै पुगी नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई विकास योजनाका बारेमा माग सहितको पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।
अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा
बिहीबार, कात्तिक १३, २०८२
दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण गरिएको छ ।
चिन्तामा किसान : स्याहार्ने बेला वर्षाले बिगार्यो धान
बिहीबार, कात्तिक १३, २०८२
किसानले मानो रोपी फलाएको मुरी धान वर्षाले विगारेपछि चिन्तित बनेका छन् । तिहार लगत्तै काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि पाल्पाका किसान चिन्तित बनेका हुन् ।
आज कुष्माण्डा नवमी पर्व
बिहीबार, कात्तिक १३, २०८२
कार्तिक शुक्ल नवमी, सनातन धर्मावलम्बीले आज कुष्माण्ड नवमी पर्व विविध कार्यक्रमको आयोजना गरी मनाउँदै छन् । आजको यो दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ ।
अलमलमा सरकार
बिहीबार, कात्तिक १३, २०८२
जेनजी आन्दोलनबाट जन्मिएको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको काम चुनाव गराउनेबाहेक आन्दोलनको छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही प्रक्रियामा ल्याउनुपर्ने जेनजी आन्दोनलको माग अनुसार सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने हो ।
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते
बुधबार, कात्तिक १२, २०८२
सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
पाल्पाको छहरामा ईभी दुर्घटना हुँदा तीन जनाको मृत्यु
बुधबार, कात्तिक १२, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –४ पिपल भञ्ज्याङ्गमा ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ईभीका चालक छहरा अमलावासका ३१ वर्षीय कमल रायमाझी, सोही ठाउँका मुक्त बूढाथोकीको निधन भएको स्थानीय पत्रकार भुवन रायमाझीले जानकारी दिए । अन्य एक जनाको भने पहिचान खुलेको छैन ।
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना
बुधबार, कात्तिक १२, २०८२
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको हो ।


