Shittalpati
चट्याङले एकको मृत्यु
चट्याङले एकको मृत्यु अविरल वर्षासँगै जात खोलामा आएको बाढीले आज बिहान शिवालय गाउँपालिका–६ को वडा कार्यालय भवन बगाएको छ । भारी बाढीको कटानका कारण टुनीबगरमा रहेको वडा कार्यालय भवनका साथै नजिकै रहेको एउटा ट्रस पुल पनि बगाएको वडाध्यक्ष भक्तबहादुर थापाले जानकारी दिए ।
इस्माका पहिरो  पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुद्वारा आर्थिक सहयोग
इस्माका पहिरो पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुद्वारा आर्थिक सहयोग जिल्लाको इस्मा गाउँपालिकामा बाढी पहिरोले घर बगाएर विस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । गत असार १८ गते राति गएको भिषण बाढी पहिरोले घर बगाएर विस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।
कुशे औँसीसँग गासिएको पितृ दिवस
कुशे औँसीसँग गासिएको पितृ दिवस आज कुशे औँसी अर्थात गोकर्ण औंसी तथा आजै पितृ दिवस अर्थात बाबुको मुख हेर्ने दिन । यो औंसीसँग कसरी पितृ दिवस गासिएको छ त यस बारे चर्चा गरौं । कुश धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले पवित्र मानिएको एक प्रकारको वनस्पति अर्थात झार । कुश हिन्दू संस्कार अनुसार प्रत्येक शुभकार्य जस्तो देवकार्य,...
महामारीबाट बचौँ
महामारीबाट बचौँ कोभिड–१९ को महामारी दिन प्रति दिन फैलिदै गएको अवस्था छ अहिले । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण आर्थिक, सामाजिक र मानवीय स्वास्थ्यको हिसावले पनि हामी अत्यन्तै गम्भीर अवस्थामा छौं ।
राष्ट्रकवि घिमिरेको निधन
राष्ट्रकवि घिमिरेको निधन राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।
एकै दिन एक हजार बढी संक्रमित फेला, सातको मृत्यु
एकै दिन एक हजार बढी संक्रमित फेला, सातको मृत्यु नेपालमा कोभिड–१९ को संक्रमण पछिल्लो २४ घण्टामा थप अहिलेसम्मकै सबभन्दा बढी एक हजार १६ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मंगलबार एक हजार १६ नयाँ संक्रमित देखिएका हुन् ।
कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल
कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोभिड–१९ को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।
उद्धार उडान स्थगित
उद्धार उडान स्थगित विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको हो ।
रामपुर नगरपालिका मंगलबार राति १२ बजेदेखि १० दिन बन्द
रामपुर नगरपालिका मंगलबार राति १२ बजेदेखि १० दिन बन्द जिल्लाको रामपुर नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेपछि मंगलबार राति १२ बजेदेखि १० दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयपछि प्रशासन र सुरक्षा निकायसंग छलफल गरि भदौ २ गते (मंगलबार) राति १२ बजेदेखि १२ गते रातिसम्म १० दिन नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
जंगली च्याउ खाँदा दुईको मृत्यु
जंगली च्याउ खाँदा दुईको मृत्यु जंगलबाट ल्याएको च्याउ खाँदा प्युठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका–६ बहानेका १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको मृत्यु भएको हो ।
पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु
पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु पोखरामा उपचारका क्रममा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र तनहुँका एकएक जना छन् । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी र्दिए ।
सन्दीपले खेल्ने सिपिएल आजदेखि
सन्दीपले खेल्ने सिपिएल आजदेखि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग ९सिपिएल० आजदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सिपिएल शुरु हुनेछ ।
Weather Update