आफै सावधान बनौं
आइतबार, भदौ ७, २०७७
नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या एक सय ४६ पुग्यो
शनिबार, भदौ ६, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाल्पाका ४ सय ८० जनाको पीसीआर परीक्षण गरिएकोमा एक जनामा ‘पोजेटिभ’
शनिबार, भदौ ६, २०७७
जिल्लाबाट पीसीआर परीक्षणका लागि पठाइएका ४ सय ८० जना मध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेर अग्रमोर्जमा काम गर्ने र केही शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरि पठाइएकोमा शुक्रबार र शनिबार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ सय ७९ जनाको रिपोर्ट नेगेटिभ र एक जनाको...
पाल्पामा निषेधाज्ञाको पहिलो दिन सुनसान
शनिबार, भदौ ६, २०७७
कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पहिलो दिन शनिबार जिल्लाका मुख्य शहर तानसेन, रामपुर, हार्थोक, प्रभास लगायतका क्षेत्र सुनसान देखिएको छ । यस अघि सरकारले जारी गरेको लकडाउनको बेला जस्तै निषेधाज्ञाको समयमा पनि जिल्लामा सुनसान देखिएको हो ।
निषेधाज्ञा मात्र समस्याको समाधान होइन
शनिबार, भदौ ६, २०७७
क्रबार मध्य रातदेखि पाल्पामा पनि निषेधाज्ञा जारी भएको छ । देशमा कोरोनाको संक्रमण बढ्दै जाँदा यसलाई अझ फैलिन नदिन भनेर स्थानीय प्रशासनले लकडाउन भन्दा कडा प्रकारको निषेधाज्ञा एक हप्ताका लागि घोषणा गरेको छ। चलनचल्तीको भाषामा यसलाई कफ्र्यू भन्ने गरिन्छ ।
प्रभावकारी सेवाप्रवाहका लागि स्थानीय तहमा सहायता कक्ष
शुक्रबार, भदौ ५, २०७७
प्रभावकारी सेवा प्रवाहका लागि जिल्लाको एक स्थानीय सरकारले सहायता कक्ष सञ्चालनमा ल्याएको छ । गुल्मीदरबार गाउँपालिकाले कार्यालयबाट हुने सेवाप्रवाहलाई प्रभावकारी र सहज बनाउनका लागि सहायता कक्ष सञ्चालन ल्याएको हो ।
गुल्मीमा जिप दुर्घटना हुँदा चार जना घाइते
शुक्रबार, भदौ ५, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिका ४ अर्खलेमा जिप दुर्घटना भएको छ । सदरमुकाम तम्घासदेखी मालिका गाउँपालिका अर्जे जाँदै गरेको लु २ च २५७३ नम्बरको जिप शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
नेपालमा कोरोनाले उग्र रुप लिँदै ,एकै दिन ११ जनाको मृत्यु भएको पुष्टि
शुक्रबार, भदौ ५, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९)ले उग्र रुप लिँदै गएको छ । चीनको उहान शहरबाट फैलिएको कोभिड –१९ ले पछिल्लो समय नेपालमा उग्र रुप लिएको हो । सरकारले चैत ११ गते देखि जारी गरेको लकडाउन गत साउन ७ गतेदेखि अन्त्य गरेसँगै नेपालमा कोरोनाको संक्रमण अत्यधिक फैलिएको छ ।
पाल्पाका प्रहरी प्रमुख सहित ४९ जनाको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
शुक्रबार, भदौ ५, २०७७
पाल्पाका प्रहरी प्रमुख दीपकराज खरेलसहित ४९ जना प्रहरी प्रमुखको सरुवा भएको छ । एक सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।
कोरोना कहर : छैन तीजको रौनक, माइतीमा रमाउने चेली घरमै
शुक्रबार, भदौ ५, २०७७
हरेक वर्षका तीज पर्वमा दुई दिन अघि नै माइती घर जाने गरेकी बगनासकाली गाउँपालिका १ घोरबारी निवासी टुक माया चिदी यसपटक माइत गईनन् । जान्ने भएदेखि सधै मनाएको तीज कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमले उनी घरमै मनाएकी छन् ।


