Shittalpati
इस्माका पहिरो  पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुद्वारा आर्थिक सहयोग

रमेश विश्वकर्मा

गुल्मी । जिल्लाको इस्मा गाउँपालिकामा बाढी पहिरोले घर बगाएर विस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । गत असार १८ गते राति गएको भिषण बाढी पहिरोले घर बगाएर विस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।

ईस्मा गाउँपालिका वडा १ हपुर्कोट निवासी यम खत्री र गुल्मीकै जुनियाँ घर भएका चन्द्र रानाको अगुवाईमा गुल्मी सम्पर्क समिति दक्षिण कोरिया नामक संस्थाको नामबाट त्यस वडाका बाढी पहिरो पीडितहरुलाई २ लाख ८४ हजार रुपैयाँ दक्षिण कोरियामा रहेका नेपालीहरुबाट राहत संकलन गरि पठाएका थिए । सो रकम जिल्लास्थित रेडियो रेसुङ्गाकी स्टेशन म्यानेजर अनिता खत्रीको बैंक खातामा पठाईएको थियो । खत्री र पत्रकार प्रेम सुनार लगायतका सञ्चारकर्मीहरुले सोही वडामा पुगेर उक्त नगद रकम त्यस वडाका वडा अध्यक्ष चुराबहादुर खत्रीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए । वडा कार्यालयमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा भुपाल सिंह खत्रीको प्रमुख आतिथ्यमा वडा अध्यक्ष चुराबहादुर खत्रीले ५९ घरधुरी बाढी पहिरो पीडितहरुलाई हस्तान्तरण गरेका थिए ।

वडा अध्यक्ष खत्रीले क वर्गका २ घरधुरीलाई प्रति परिवार ८ हजारका दरले नगद रकम हस्तान्तरण गरेका थिए । त्यस्तै ख वर्गका ३४ घरधुरीलाई साढे ५ हजारका दरले र ग वर्गका २३ घरधुरीलाई साढे ३ हजारका दरले नगद रकम हस्तान्तरण गरेका हुन् । गुल्मी सम्पर्क समित दक्षिण कोरियाका अध्यक्ष चन्द्र रानाले यम खत्रीको आग्रहमा त्यस वडाका बाढी पहिरो पीडितहरुको सहयोगार्थ विभिन्न जिल्लाका ५० जना नेपालीहरुबाट सहयोग संकलन गरी राहत पठाईएको बताए । दक्षिण कोरियामा सहयोग जुटाउन हर्पुकोट घर भई हाल काठमाडांैमा रहेका यम खत्रीका मामा रामकुमार विष्टले विशेष पहल गरेका थिए ।

विष्ट स्वयम्ले पनि व्यक्तिगत रुपमा १० हजार भन्दा बढी रकम सहयोग पठाएका थिए । कोही स्कूल र कोही त्रिपाल मुनी बसेका बाढी पहिरो पीडितहरुले आफुहरुलाई तिज मान्न पुग्ने गरी दक्षिण कोरियाबाट नगद सहयोग पठाएको प्रति सहयोगदाताहरु प्रति आभार प्रकट गरेका थिए । वडाध्यक्ष चुराबहादुर खत्रीले सहयोगदाता सबै प्रति कृतज्ञता जाहेर गरेका थिए । गुल्मी सम्पर्क समाज दक्षिण कोरिया र सहयोग संकलनमा संयोजन गर्ने यम खत्री र समाजका अध्यक्ष चन्द्र राना सहित सहयोगदाता सबै प्रति वडा कार्यालयको तर्फबाट कृतज्ञता जाहेर गर्दछु वडाध्यक्ष खत्रीले भने त्यसको पहल गर्ने रामकुमार विष्टलाई पनि धन्यवाद दिन चाहन्छु । वडाध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा त्यस वडाका वडा सचिव भिमकानत शर्मा रेग्मीको स्वागत मन्तव्य र नेपाल कम्युनिष्ट नेकपाका स्थानीय नेता नारायण कुँवरको सञ्चालन रहेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update