पाल्पामा करेन्ट लागेर एकको मृत्यु, एक घाइते
शुक्रबार, भदौ ५, २०७७
मैत्री क्लवद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग
बिहीबार, भदौ ४, २०७७
क्लवका निवर्तमान अध्यक्ष बेशान्तर शाक्य, कार्यकारी सदस्य सुरेस श्रेष्ठ र तेजेन्द्रलाल शाक्य पीडित विकको घरमै पुुगेर उतm राहात रकम सहयोग गरेका हुन ।
साहित्यकार खत्रीले ल्याए ‘गजल चालिसा’
बिहीबार, भदौ ४, २०७७
गुल्मेली साहित्यकार तथा प्राध्यापक मन बहादुर खत्री मनुले गजल संग्रह ‘गजल चालिसा’ बजारमा ल्याएका छन् । जीवन र जगतका विषयमा केन्द्रीत रहेर ४० वटा गजल समाहित गरी खत्रीले ‘गजल चालिसा’ गजल संग्रह बजारमा ल्याएका हुन् ।
सन्दीपले लिए पहिलो खेलमै विकेट
बिहीबार, भदौ ४, २०७७
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् ।
आज दर खाने दिन
बिहीबार, भदौ ४, २०७७
हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तीज बिहीबारबाट सुरु भएको छ । तीजअन्तर्गत आज दर खाने दिन हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि देशका विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा र सिल गरिएकाले यो वर्ष तीजको रौनक भने छैन ।
गुल्मीमा एक साता लकडाउन हुने
बुधबार, भदौ ३, २०७७
गुल्मीमा एक साता लकडाउन (बन्दाबन्दी) जारी गरिने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जिल्लामा एक हप्ता लकडाउन जारी गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।
अवैध गाँजा सहित पक्राउ
बुधबार, भदौ ३, २०७७
जिल्ला प्रहरी कार्यालयले अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन् । उनलाई प्रहरीले मंगलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो ।
जिपको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु
बुधबार, भदौ ३, २०७७
पोखराको पस्याङ्मा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई प्रहरी जवानको ज्यान गएको छ । ग १ ब ३६९ नम्बरकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले...
बुधबार थप ६ सय ८१ जनामा कोरोना संक्रमण
बुधबार, भदौ ३, २०७७
नेपालमा कोभिड–१९ पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय २२ जनाको परीक्षण गर्दा ६ सय ८१ जनामा संक्रमण देखिएको हो ।
दलित समुदायलाई आधुनिक आरन
बुधबार, भदौ ३, २०७७
गल्याङ नगरपालिकाले आरन व्यवसाय गर्दै आएका व्यवसायीलाई आधुनिक उपकरण वितरण गरेको छ । नगरपालिकामा आरन व्यवसाय सञ्चालन गर्दै आएको दलित समुदायलाई हाते यन्त्र (हेण्ड ब्लोर) वितरण गरिएको नगरपालिकाले जनाएको छ ।


