विष्णु पाण्डेय, पाल्पा/ जिल्लाको रम्भा गाउँपालिका ३ का मृगौला पीडित रबि विकलाई आर्थिक सहयोग प्राप्त भएको छ । दुुवै मृगौलाले काम गर्न छाडेपछि उपचारमा समस्या भैरहेका बेला मैत्री क्लव तानसेनले दश हजार पाँच सय आर्थिक सहयोग गरेको हो । क्लवका निवर्तमान अध्यक्ष बेशान्तर शाक्य, कार्यकारी सदस्य सुरेस श्रेष्ठ र तेजेन्द्रलाल शाक्य पीडित विकको घरमै पुुगेर उतm राहात रकम सहयोग गरेका हुन । राहात रकम हस्तान्तरण गर्दै क्लवका निवर्तमान अध्यक्ष शाक्यले आफुहरुको यो सानो रकमले पीडितलाई उपचारमा केहि राहात मिल्ने विश्वास व्यक्त गरे । उनले शिक्षा,स्वास्थ्य र खेलकुुदका क्षेत्रमा संस्थाले सहयोग गर्दै आएको बताए । साथै शाक्यले विकको उपचारमा सबैको खाँचो रहेको औल्याए । रकम ग्रहण गर्दै रविले आफ्नो उपचारमा संस्थाले देखाएको सहयोग र सद्भाव महत्वपूूर्ण रहेको भन्दै क्लवका पदाधिकारीहरुलाई धन्यवाद दिए ।
दुबै मृगौलामा समस्या देखा परेपछि अस्पताल धाउदा धाउदै ६÷७ लाख रुपैया खर्च भैसकेको रबिकी आमा सरीता विकले बताईन । परिवारको आर्थिक अभावका कारण रविको उपचारमा समस्या भएको छ । उनको साथमा श्रीमती र पाँच वर्षिय एक छोरा रहेका छन् । कमाउने मान्छे नै थला परेपछि परिवारको विचल्ली भएको रबिको गुनासो छ । आफन्त तथा गाउँलेहरुको सहयोगले अस्पताल जाने आउने र सामान्य डायलासिस गर्नका लागि केही सहयोग भएको परिवारले जनाएको छ ।