निषेधाज्ञाको अवज्ञा नगरौं
सोमबार, भदौ ८, २०७७
क्यानले गर्यो ५१ जनाको कोरोना बीमा
सोमबार, भदौ ८, २०७७
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका पुरुष खेलाडी सहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले २३ पुरुष खेलाडी, कर्मचारी स्टाफ गरी कूल ५१ जनाको बीमा गरेको हो ।
घरमै मनाइयो ऋषि पञ्चमी पर्व
आइतबार, भदौ ७, २०७७
जिल्लामा पनि ऋषि पञ्चमी पर्व मनाइएको छ । आईतबार हिन्दू धर्मावलम्बी नारीहरूले नजिकै रहेका मन्दिरहरुमा गई सप्तऋषिको पूजा गरी यो पर्व मनाएका हुन् ।
चितुवाको उद्दार
आइतबार, भदौ ७, २०७७
जिल्लाको मालिका गाउँपालिका ६ को अर्जैमा विरामी चितुवाको उद्दार गरिएको छ । बेहोस अवस्थामा लडिरहेको चितुवाको जिल्ला वन कार्यालयका कर्मचारीले उद्दार गरेका हुन् । खेतमा विरामी अवस्थामा रहेको चितुवालाई सुरक्षित साथ उद्दार गरिएको छ ।
पाल्पामा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, भदौ ७, २०७७
जिल्लामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाका एक जना र रामपुर नगरपालिकाका दुई जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
बुटवलमा कोरोनाबाट दुई जनाको मृत्यु
आइतबार, भदौ ७, २०७७
कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको आईतबार मृत्यु भएको हो ।
तानसेनमा फेरी देखियो समुदायस्तरमै कोरोना, घरमै बसेकी महिलामा संक्रमण
आइतबार, भदौ ७, २०७७
तानसेनमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिका ८ मदनपोखराको पिपलडाडाँकी एक महिलामा कोरोना सक्रमण पुष्टि भएको हो ।
चार दिन अँध्यारोमा बास
आइतबार, भदौ ७, २०७७
विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि यहाँका जनता रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
म्यान्चेस्टर युनाइटेडका कप्तान म्याग्वायर पक्राउ
आइतबार, भदौ ७, २०७७
माइकोनोस टापुमा भएको घटनापछि म्यान्चेस्टर युनाइटेडका कप्तान Þयारी म्याग्वायर पक्राउ परेका छन् । इंग्ल्याण्डका २७ वर्षीय डिफेन्डर हाल छुट्टी मनाउन ग्रिसमा रहेका छन् ।
रजस्वला पाप मोचनका लागि ऋषि पञ्चमी मनाइदैं
आइतबार, भदौ ७, २०७७
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् । रजस्वलाका समयमा छोइछिटो भएको भए आजको दिन अरुन्धती सहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास अनुसार नारीहरुले ऋषि पञ्चमी पर्व मनाउन लागेका छन् ।
वल्र्डलिंकका सबै ग्राहकलाई आईपी भी सिक्समा लैजाने तयारी
आइतबार, भदौ ७, २०७७
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना ग्राहकहरुलाई आईपी भी सिक्समा लैजाने तयारी थालेको छ । कम्पनीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा सबै ग्राहकहरुलाई गुणस्तर सेवा प्रदान गर्ने गरी आईपी भी सिक्समा लैजाने तयारी थालेको हो ।
तिज गीत र साँस्कृतिक असर
आइतबार, भदौ ७, २०७७
भाद्र महिनाको शुक्ल पक्ष तृतीया तिथी हिन्दु महिलाको महान धार्मिक चाड हरितालिका तिजको आफ्नै सामाजिक, साँस्कृतिक एवम् आध्यात्मिक महत्व रहेको छ । देवी पार्वतीले महादेव भगवान शिवलाई पतिको रुपमा पाउन आफू शिवको लागि योग्य बन्न तपस्या गरेकी थिइन ।


