Shittalpati
गुल्मीमा एक साता लकडाउन हुने

गुल्मी । गुल्मीमा एक साता लकडाउन (बन्दाबन्दी) जारी गरिने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जिल्लामा एक हप्ता लकडाउन जारी गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ ५ गते राति १२ बजेदेखि एक हप्ता लकडाउन जारी गर्ने निर्णय गरेको पन्थीले बताए । यस अवधिमा अत्यावश्यक बाहेकका सवारीसाधन चल्न पाउने छैनन् ।

यस्तै लकडाउनको अवधिमा अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न, भीडभाड नगर्न, आ–आफ्नो घरमा परिवारसँग मात्र चाडपर्व मनाउन प्रशासनले आग्रह गरेको छ । तरकारी पसलहरु बिहान र दूग्धजन्य पदार्थहरुको पसल बिहान र साझ २ पटक खोलिने प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update