Shittalpati
लुम्बिनी मेडिकल कलेज पाल्पाका अध्यक्ष पोखरेललाई कोरोना
लुम्बिनी मेडिकल कलेज पाल्पाका अध्यक्ष पोखरेललाई कोरोना लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पाका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारीका बेलामा पनि अस्पतालमा रहेर जनताको सेवामा सक्रिय रहदै आएका पोखरेलको लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलमा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको हो ।
पाल्पामा लागूऔषध सहित दुई जना व्यक्ति पक्राउ
पाल्पामा लागूऔषध सहित दुई जना व्यक्ति पक्राउ पाल्पामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले रामपुर नगरपालिका ३ का ३१ वर्षीय सुरेन्द्र घिमिरे र सोही स्थानका २४ वर्षीय प्रमोद घिमिरेलाई लागूऔषध सहित तानसेन ८ माथिल्लो डुम्रेबाट पक्राउ गरेको हो ।
तानसेनमा खाना पकाउने ग्यास लिग हुँदा जलेर एक व्यक्तिको मृत्यु
तानसेनमा खाना पकाउने ग्यास लिग हुँदा जलेर एक व्यक्तिको मृत्यु जिल्लाको तानसेनमा खाना पकाउने ग्यास लिग भई आगालागी हुँदा जलेर एक व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका ५ कैलाशनगर बस्ने ५२ वर्षका अमर गिरीको उपचारका क्रममा मृत्यु भएको प्रदेश पाँचको प्रादेशिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
पाल्पामा जनप्रतिनिधिलाई कोरोना, तानसेन र रम्भाका स्थानीय तहको सेवा बन्द
पाल्पामा जनप्रतिनिधिलाई कोरोना, तानसेन र रम्भाका स्थानीय तहको सेवा बन्द कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउन अग्रभागमा रहेर काम गर्दै आएका जिल्लाका केही जनप्रतिनिधिहरुलाई कोरोना पुष्टि भएको छ । महामारीको सुरुवातदेखिनै आफ्ना नागरिकलाई जोखिमबाट बचाउन टोल–टोल र घर–घरमा पुगी सचेतनाका कार्यक्रमहरुमा सक्रिय हुँदै आएका तानसेन नगरपालिका र रम्भा गाउँपालिकाका ६ जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय सभा कि हरुवाहरुको सभा ?
राष्ट्रिय सभा कि हरुवाहरुको सभा ? सामान्य ज्ञानबाट साथीले एउटा अप्ठारो प्रश्न सोध्यो । जनताले मन नपराए पनि नेताले मन पराउने देश कुन हो ? अचम्म लाग्यो । यस्तो कहाँ होला र भन्ने लाग्यो वडा सदस्य समेत बन्ने हैसियत नभएका व्यक्ति राष्ट्रिय सभा एवं माथिल्लो सभामा जाने कहाँ होला भनेर घोत्लीदै जाँदा त बामदेव गौतमको नाम...
संक्रमणबाट समुदायलाई जोगाऔं
संक्रमणबाट समुदायलाई जोगाऔं अहिले कोरोना संक्रमण समुदायस्तरमा व्यापक भइसकेको छ । केही समय संक्रमण संख्या न्यून देखिएपछि सामान्य बनेको नेपालको अवस्था अहिले अत्यधिक त्रासमा छ ।
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । प्रदेश पाँचका दाङ, रुपन्देही, गुल्मी, बाँके, नवलपरासीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको हो । प्रादेशिक प्रहरी कार्यालयका अनुसार दाङमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।
नेपालमा ७० प्रतिशत संक्रमित निको भए
नेपालमा ७० प्रतिशत संक्रमित निको भए नेपालमा संक्रमितको संख्यामा वृद्धि हुँदै गए पनि निको हुनेको दर पनि बढ्दै गएको छ । अहिले सम्म नेपालमा कुल संक्रमितको ७० प्रतिशत संक्रमितहरु निको भएर घर फर्किएका छन् ।
गुल्मीमा ४५ करोड लागतमा सव स्टेशन बन्दै
गुल्मीमा ४५ करोड लागतमा सव स्टेशन बन्दै जिल्लामा ४५ करोड लागतमा विद्युतको सव स्टेशन बन्न लागेको छ । नेपाल विद्युत प्राधिकरणको ४५ करोड लागतमा रेसुुङ्गा नगरपालिकाको वडा नं.५, ६ र ७ मा पर्ने उनायचौरमा १३२ केभीए विद्युत लाइनको सव–स्टेशन निर्माण हुन थालेको हो ।
तानसेन नगर सरकारको सेवा असोज ५ सम्मका लागि बन्द !
तानसेन नगर सरकारको सेवा असोज ५ सम्मका लागि बन्द ! तानसेनमा जनप्रतिनिधिलाई समेत कोरोना देखिएको छ । रम्भा गाउँपालिकाका दुई जना सहित तानसेनका चार जना जनप्रतिनिधिमा कोरोना देखिएको हो । तानसेन नगरपालिकाका एक जना वडा अध्यक्ष र तीन जना वडा सदस्यमा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि तानसेन नगर सरकारले शुक्रबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।
ढोरपाटन बाढी अपडेट : १६ अझै बेपत्ता, खोजीकार्य जारी
ढोरपाटन बाढी अपडेट : १६ अझै बेपत्ता, खोजीकार्य जारी ढोरपाटन नगरपालिकास्थित भूजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन् । बुधबारसम्ममा मृतकको संख्या २२ पुगेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ताको खोजी कार्य जारी रहेको बताए ।
Weather Update