Shittalpati
पाल्पामा कोरोनाबाट मृत्यु भएका पुरुषको अन्त्येष्टि गरिदै
पाल्पामा कोरोनाबाट मृत्यु भएका पुरुषको अन्त्येष्टि गरिदै कोरोनाबाट मृत्यु भएका तानसेन नगरपालिका ७ का पुरुषको अन्त्येष्टि गर्ने तयारी भएको छ । पाल्पाको चरचरे नजिकैको जंगलमा खाडल खनेर उनको अन्त्येष्टि गर्ने तयारी भइरहेको आज बसेको सिसिएमसीको बैंठकले जनाएको छ ।
माथागढी गाउँ सरकारले बनाउने भयो आइसोलेशन अस्पताल
माथागढी गाउँ सरकारले बनाउने भयो आइसोलेशन अस्पताल जिल्लाको माथागढी गाउँ सरकारले कोभिड १९ को आशंका गरिएका र लक्षण देखिएका बिरामीको उपचारका लागि छुट्टै अस्थायी आइसोलेशन अस्पताल निर्माण गर्ने भएको छ । संघीय सरकारको १० लाख सहयोगमा गाउँपालिकाले झडेवाको देउगिरमा ५ वेडको आइसेलेसन अस्पताल निर्माण गर्ने भएको हो ।
भर्चुअलमार्फत जिल्लास्तरीय कविता प्रतियोगिता
भर्चुअलमार्फत जिल्लास्तरीय कविता प्रतियोगिता विश्वभर फैलिएको कोरोना महामारीका बिच दमकडा माध्यमिक विद्यालय तानसेनले भर्चुअलमार्फत जिल्लास्तरीय कविता प्रतियोगिता गरेको छ । विद्यालयले आफ्नो स्थापनाको ६४ औं वार्षिकोत्सवका अवसरमा भर्चुअलबाटै कविता प्रतियोगिता गरेको हो ।
पाल्पामा कोरोना संक्रमित एक पुरुषको मृत्यु
पाल्पामा कोरोना संक्रमित एक पुरुषको मृत्यु पाल्पामा कोरोना संक्रमित थप एक व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका ७ का ५२ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको हो ।
नेपाली फुटबल खेलाडी भारतीय क्लबबाट खेल्ने
नेपाली फुटबल खेलाडी भारतीय क्लबबाट खेल्ने नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो ।
आज देशभर विश्वकर्मा पुजा गरिदैं
आज देशभर विश्वकर्मा पुजा गरिदैं विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजा आराधना गरेर आज विश्वकर्मा पूजा मनाइदै छ । यस दिन कलकारखानामा रङ्गीचङ्गी पार्नुका साथै विशेष पूजा पनि गरिन्छ ।
फलामे औजारको पूजा
फलामे औजारको पूजा सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी आज विश्वकर्मा दिवस मनाइँदैछ । विषेशगरी वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् ।
२४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज
२४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । बुधबार पनि पछिल्लो २४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज भएका छन् ।
व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राख : राष्ट्र बैंक
व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राख : राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो ।
यामाहाको ‘रे जेडआर १२५ एफआई’ जित्ने यस्तो छ सुनौलो अवसर
यामाहाको ‘रे जेडआर १२५ एफआई’ जित्ने यस्तो छ सुनौलो अवसर मोटरसाईकल तथा स्कुटरको आधिकारी विक्रेता यामाहाले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । यामाहाले नयाँ रे जेडआर १२५ एफआई लन्चका लागि भिन्न तयारी पनि गरेको छ ।
समाचार प्रभाव : नदी दोहनको सम्बन्धित निकायले थाल्यो अनुगमन
समाचार प्रभाव : नदी दोहनको सम्बन्धित निकायले थाल्यो अनुगमन पाल्पाको पूर्वी निस्दी गाउँपालिकामा भएको व्यापक नदी दोहनको सम्बन्धित निकायले अनुगमन थालेको छ । सोमबार शित्तलपाटी डटकम र मंगलबार नवजनचेतना दैनिकमा ‘मिलेमतोमा नदी दोहन’ शिर्षकमा समाचार प्रकाशित भएपछि अनुगमन समितिका संयोजक तथा जिल्ला समन्व समितिका कार्यवाहक प्रमुख मिरा मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले बुधबारबार नदी दोहन क्षेत्रको स्थलगत अनुगमन गरेको...
Weather Update