नेपालमा थप आठ सय ७१ जना कोरोना मुक्त
शुक्रबार, असोज २, २०७७
पाल्पामा चितुवाको आक्रमणबाट एक पुरुष घाइते
शुक्रबार, असोज २, २०७७
जिल्लाको रम्भा गाउँपालिका १ करौदीखोलामा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । बाख्रा चराउन जंगल गएका रम्भा १ तल्लो बैरादीका ५२ वर्षीय खड्क बहादुर फाललाई चितुवाले आक्रमण गर्दा घाइते भएका हुन् ।
प्रदेश पाँचका ६ अस्पताल स्तरोन्नती हुँदै
शुक्रबार, असोज २, २०७७
प्रदेश पाँचका ६ अस्पतालहरुको स्तरोन्नती गरिने भएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ६ वटा जिल्लास्तरीय अस्पताललाई ५० शैयामा स्तरोेन्नती गर्ने भएको हो ।
विना धितो सहुलियतपूर्ण कर्जा
शुक्रबार, असोज २, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विना धितोमा सहुलियतपूर्ण कर्जा दिन शुरु गरेको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा चार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो ।
शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
शुक्रबार, असोज २, २०७७
मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको...
पढेर घर फर्कदै बाकामलाङ्गका बालबालिका
शुक्रबार, असोज २, २०७७
पाल्पाको निस्दी गाउँपालिका १ बुद्धि विकास आधारभूत विद्यालय बाकामलाङ्गका बालबालिकाहरु पढेर घर फर्कर्दै ।
स्क्रब टाइफस र डेंगुको संक्रमण बढ्दै
शुक्रबार, असोज २, २०७७
रोना भाइरस सङ्क्रमणको त्राससँगै म्याग्दीमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण फैलँदै गएको छ । जिल्लामा हालसम्म ३८ जनामा स्क्रब टाइफस र ७४ जनामा डेंगुको सङ्क्रमण देखिएको हो ।
थप सतर्क बनौँ
शुक्रबार, असोज २, २०७७
कोरोना भाइरसका कारण ६ महिनादेखि बन्द रहेका विभिन्न क्षेत्र र सेवा खुल्न थालेका छन् । सडक बजारमा चहलपहल बढेको छ ।
एकदिवसीय क्रिकेट अस्ट्रेलियाले जित्यो
शुक्रबार, असोज २, २०७७
इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाले जितेको छ । अन्तिम एक दिवसीय क्रिकेटमा विश्व विजेता इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो ।
गुल्मीमा अर्को पिसीआर मेसिन ल्याई कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन
बिहीबार, असोज १, २०७७
जिल्लामा कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ९ को उपल्लो तम्घासमा निर्माण गरिएको कोभिड–१९ परीक्षण प्रयोगशालाको नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
अन्तत वामदेव गौतम राष्ट्रिय सभा सदस्य बने
बिहीबार, असोज १, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन् ।
तिनाउमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा
बिहीबार, असोज १, २०७७
तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थचौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य चौकीबाट चौबीसै घण्टा प्रसुती सेवा उपलब्ध गराउन थालेपछि महिला उत्साहित भएका छन् ।


