पाल्पा(एजेन्सी) । मोटरसाईकल तथा स्कुटरको आधिकारी विक्रेता यामाहाले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । यामाहाले नयाँ रे जेडआर १२५ एफआई लन्चका लागि भिन्न तयारी पनि गरेको छ । कम्पनीले जेडआर जित्न ग्राकलाई सुनौलो अवसर प्रदान गरेको छ । भर्चुअल लन्च हेर्ने दर्शकहरु मध्येबाट लक्की ड्र गरी नयाँ रे जेडआर १२५ एफआई जित्न सकिने अवसर पनि दिएको छ । यामाहाले आफ्नो मोटरसाइकलमा फ्युलइन्जेक्सन, ब्लुकोर टेक्नोलोजी, बीएस ६ लगायतको प्रविधिहरु अन्य कम्पनीले भन्दा अगाडि नै बजारमा ल्याउँदै आएको छ । फिजिकल लन्च गर्न नपाएर अटोमोबाइल क्षेत्रलाई समस्या भइराखेको अवस्थामा विश्वकै लेटेस्ट टेक्नोलोजीबाट यामाहाले भर्चुअल लन्च गर्न लागेको कम्नीले जनाएको छ ।
यामाहा रे जेडआर १२५ एफआईको लाइभ लन्च धेरै भन्दा धेरै मानिसलाई लाइभ टेलिकास्टमा सहभागी गराउनको लागि यामाहाले यो लाइभ टेलिकास्ट कार्यक्रम हेर्ने दर्शकहरुबाट एकजनालाई लक्की ड्रमार्फत नयाँ रेज जेडआर १२५ बाट पुरस्कृत गरिने यामाहाले जनाएको छ । लक्की ड्रमा सहभागी हुनको लागि यो लिंक httpsM//Yamaha.com.np/rayzr-