प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
बुधबार, भदौ ३१, २०७७
निस्दीमा नदी दोहन :स्थानीय भन्छन् ‘नियम विपरीत उत्खननले खेती योग्य जमिन पुरिने डर भो’
बुधबार, भदौ ३१, २०७७
जिल्लाको पूर्वी निस्दी गाउँपालिकामा भएको व्यापक नदी दोहनप्रति स्थानीय चिन्तित बनेका छन् । ठेकेदारसँगको मिलेमतोमा जथाभावी नदी दोहन भएपछि स्थानीय खेती योग्य जमिन पुरिने भन्दै चिन्तित बनेका हुन् ।
भदौ २८ गतेसम्म कोरोना बिमा गर्नेलाई पुरानै व्यवस्था लागू
बुधबार, भदौ ३१, २०७७
बिमा समितिले भदौ २८ गतेसम्मका कोराना बिमा गरेका बिमितको हकमा भने पुरानै व्यवस्था लागू हुने भएको छ ।
समितिले अहिले नयाँ निमय लागू गरेपनि भदौ २८ गतेभित्र बिमा गरेका बिमितलाई कोभिड–१९ संक्रमण पुष्टि भएमा पुरानै व्यवस्था लागू गरी एकमुष्ठ रकम दिने भएको हो ।
सुरक्षित गर्भपतन गराउने संख्यामा वृद्धि
बुधबार, भदौ ३१, २०७७
गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । तीन आर्थिक वर्षको तथ्याड्ढले जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको देखाएको हो ।
नदी दोहन र स्थानीय सरकार
बुधबार, भदौ ३१, २०७७
प्राकृतिक स्रोत र साधनले भरिपूर्ण पुर्वी पाल्पाको निस्दी गाउँपालिकाका वडा १ को कालीगण्डकीको भोटाहाघाटमा भएको नदीजन्य पदार्थ निकासी र विक्री वितरणमा भएको दोहनको घटनाले अहिले सर्वत्र चर्चा पाएको छ । तर पनि स्थानीय सरकार भने कानमा तेल खालेर बसे जस्तै चुपचाप बसेको छ ।
एकै दिन देशभर एक हजार ६२ संक्रमित निको
बुधबार, भदौ ३१, २०७७
देशभर एकै दिन एक हजार ६२ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६२ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
तानसेनमा श्रीनगर साँस्कृतिक डबली बन्दै
बुधबार, भदौ ३१, २०७७
तानसेन नगरपालिका वडा ५ कैलाशनगरमा श्रीनगर साँस्कृतिक डबली बन्दै गरेको छ । पाल्पाको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ डबली निर्माण भइरहेको तानसेन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए ।
सडक भासिदा दुई घर विस्तापित, आठ उच्च जोखिममा
मंगलबार, भदौ ३०, २०७७
बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि मानवीय क्षति भने भएको थिएन ।
१ असोजबाट हवाई टिकट बुकिङ खुल्ने, गन्तव्य तोक्न बाँकी
मंगलबार, भदौ ३०, २०७७
सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी अब बुकिङ खुलाउने तयारीमा जुटेका छन् । त्यसअगाडि कम्पनीहरु कुन कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् ।
ढोरपाटनका बाढी प्रभावितलाई सोलार
मंगलबार, भदौ ३०, २०७७
ढोरपाटन नगरपालिकाका बाढी प्रभावित परिवारका लागि १ सय २६ थान घरेलु सौर्य ऊर्जा प्रणाली (सोलार) प्रदान गरिएको छ । सोमबार बाढीग्रस्त क्षेत्रमै पुगी बागलुङ–१ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र सौर्य विद्युत् उत्पादक सङ्घका सदस्य केशवराज शर्माले संयुक्तरूपमा सोलार हस्तान्तरण गरेका हुन् ।
रोग, शरीरको प्रतिरक्षात्मक क्षमता र जडिबुटी
मंगलबार, भदौ ३०, २०७७
हरेक जीवको शरीरमा एक त्यस्तो सिस्टमको रचना गरिएको छ जसले शरीरलाई हानी पुर्याउने कुनै पनि तत्वलाई सकेसम्म शरीरभित्र पस्न नदिने र कुनै कारणबस पसिहालेमा त्यसलाई मार्ने काम गर्दछ त्यस सिस्टमलाई रोग प्रतिरोधात्मक क्षमता अर्थात् ईम्युनिटिपावर भनिन्छ । सुक्ष्म हानिकारक जीवहरु हाम्रो शरीरमा दैनिक हजारौको मात्रामा प्रवेश गर्दछन् तर कोषको बाहिरी...
मिलेमतोमा नदी दोहन, सम्झौता भन्दा दश गुणा नदीजन्य पदार्थ निकासी
मंगलबार, भदौ ३०, २०७७
जिल्लामा स्थानीय सरकार र ठेकेदारको मिलेमतोमा जथाभावी नदी दोहन भएको खुल्न आएको छ । पूर्वी पाल्पाको निस्दी गाउँपालिकाका १ को कालीगण्डकीको भोटाहाघाटमा स्थानीय सरकारका केही व्यक्ति र ठेकेदारको मिलेमतोमा ठेक्का सम्झौता भन्दा दश गुणा बढी नदीजन्य पदार्थ निकासी भएको खुल्न आएको हो ।


