फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता एकै घरका पाँच जना सहित ६ जनाकै शव भेटियो
शनिबार, असोज १०, २०७७
तानसेनमा कार दुर्घटना हुँदा ४ घाइते
शुक्रबार, असोज ९, २०७७
पाल्पाको सदरमुकाम तानसेनमा कार दुर्घटना भएको छ । शुक्रबार दिउसो तानसेन नगरपालिका ७ सालघारी स्थित बासटारी दमकडा भित्रि सडक खण्डमा कार दुर्घटना हुँदा कारमा सवार चार जना यात्रु घाइते भएका छन् ।
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, असोज ९, २०७७
पाल्पामा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार प्राप्त भएको विवरण अनुसार रामपुर नगरपालिकाका २ जना, रैनादवी छहरा गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी पाँच जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता मध्ये चारको शव भेटियो
शुक्रबार, असोज ९, २०७७
पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जना मध्ये चार जनाको शव भेटिएको छ । विहिबार एक जना र शुक्रबार विहान तीन जना गरी चार जनाको शव भेटिएको हो ।
पहिरो वितण्डा : सजग बनौं
शुक्रबार, असोज ९, २०७७
कोरोना महामरीसँगै बाढी पहिरोले नेपालमा ठूलो वितण्डा मच्याएको छ । कोरोनाबाट आजित बनेका नेपालीहरुलाई बाढी पहिरोले सताएको छ ।
यामाहाले नयाँ ‘रे जेडआर १२५ एफआई’ गर्यो सार्वजनिक
शुक्रबार, असोज ९, २०७७
मोटर साईकल तथा स्कुटरको आधिकारी विक्रेता यामाहा नेपालले आफ्ना ग्राहकहरुका लागि नयाँ ‘रे जेडआर १२५ एफआई’ ल्याएको छ । यामाहले नयाँ ‘रे जेडआर १२५ एफआई’लाई नेपालमै पहिलो पटक भच्र्युअल प्रविधिमार्फत सार्वजनिक गरेको छ ।
पाल्पाको फोक्सिङ्गकोट पहिरो : एकको शव भेटियो, पाँच अझै बेपत्ता
बिहीबार, असोज ८, २०७७
कोरोनाको महाविपत्तिसँग जुधिरहेका नागरिक यतिबेला बाढी र पहिरोबाट सिर्जित पीडा सामना गर्न विवश छन् । बिहीबार पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटका नागरिकले मानवियसँगै भौतिक क्षति बेहोर्नु परेको छ ।
पाल्पामा एकै दिन ६१ जना संक्रमितले कोरोना जिते
बिहीबार, असोज ८, २०७७
पाल्पामा कोरोना संक्रमणको दर बढ्दै गए पनि निको भएर घर फर्किनेको दर पनि उत्तिकै अनुपातमा वृद्धि भएको छ । विहिबार जिल्लाका विभिन्न स्थानीय तहका ६१ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।
बुटवल कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु
बिहीबार, असोज ८, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको विहिबार एकैदिन मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् ।
वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध
बिहीबार, असोज ८, २०७७
अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । विगत तीन दिनदेखि परेको भारी वर्षाका कारण तम्घास– रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका– १२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका–३ पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि विहिबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।

