प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा ८ को मृत्यु
सोमबार, असोज १२, २०७७
बाढी प्रभावितलाई प्रवासीको २७ लाख ८० हजार
सोमबार, असोज १२, २०७७
गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि रु २७ लाख ८० हजार ४७८ राहत सहयोग गरेको छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले राहत कोषमा दाखिला भएको रकमको भौचर आइतबार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरे ।
पाल्पाको तिनाउमा ५७ वर्षीय पुरुष मृत भेटिए
सोमबार, असोज १२, २०७७
पाल्पाको तिनाउ गाउँपालिका १ झिङ्गामारामा एक पुरुष मृत भेटिएका छन् । रुपन्देही सैनामैना नगरपालिका ४ का ५७ वर्षीय कृष्ण बहादुर थापा झिङ्गामारा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रदेश पाँचको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
सूचना प्रयोगमा अग्रसर बनौं
सोमबार, असोज १२, २०७७
आज सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस अर्थात सेप्टेम्बर २८ तारिख । सूचनामा विश्वव्यापी पहुँच पुर्याउने गरी हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।
‘विद्युत अवरुद्धको कारण झुम्सा र वर्षातलाई मात्र नदेखाउ’, कार्यालय प्रमुख भन्छन्– ‘समस्या समाधानमा लागि परेका छौं’
सोमबार, असोज १२, २०७७
विद्युत अनियमितता भएपछि आइतबार नेपाल नागरिक समाज डेलिगेशन गएको छ । नागरिक समाजले उज्यालो पाल्पा बनाउनका लागि विकल्प खोज्न विद्युत कार्यालयलाई आग्रह गरेको छ ।
पाल्पाको रम्भामा पहिरोमा पुरिएको अवस्थामा एक पुरुष मृत भेटिए
आइतबार, असोज ११, २०७७
पाल्पाको रम्भा गाउँपालिकामा पहिरोमा पुरिएको अवस्थामा एक पुरुष मृत भेटिएका छन् । रम्भा ३ शिखरडाँडाका ३३ वर्षीय राज कुमार थापा मगर पहिरोमा मृत अवस्थामा भेटिएका हुन् ।
८ सय ८५ संक्रमित डिस्चार्ज
आइतबार, असोज ११, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ८५ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आइतबार एकै दिन देशका विभिन्न जिल्लाहरुमा ८ सय ८५ जनाले कोरोना जितेका छन् ।
विद्युत् अवरुद्धको कारण झुम्सा, कोरोना र वर्षातलाई मात्र नदेखाऊ : नागरिक समाज
आइतबार, असोज ११, २०७७
नेपाल नागरिक समाज पाल्पाले विद्युत् अवरुद्धको कारण झुम्सा, कोरोना र वर्षातलाई मात्र नदेखाउन नेपाल विद्युत् प्राधिकरण वितरण शाखा पाल्पालाई आग्रह गरेको छ । पाल्पामा लाइन जान साथ वितरण शाखाले हरेक पटक झुम्सा, कोरोना र वर्षात्लाई कारण देखाउदै उम्कने गरेको भन्दै नागरिक समाजले अब त्यसको विकल्प खोज्न आग्रह गरेको छ ।
सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
आइतबार, असोज ११, २०७७
पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड एकतर्फी खुलेको छ । सडक खुलाउने लामो प्रयासपछि आइतबार ३ बजेदेखि एकतर्फी खुलेको हो ।
सिद्धार्थ राजमार्ग अझै खुल्न सकेन
आइतबार, असोज ११, २०७७
पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड अझै खुल्न सकेको छैन । अविरल वर्षासँगै खसेको पहिरो पन्छाउन नसकिँदा शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार विहानसम्म पनि खुल्न नसकेको हो ।
पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध
आइतबार, असोज ११, २०७७
पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । शुक्रबार राती परेको अविरल वर्षाका कारण तिनाउ गाउँपालिकाको दोभान जंगल क्षेत्रमा गएको पहिरोले अप्टिकल फाइवरमा क्षति पुग्न गएकाले जिल्लाको इन्टरनेट सेवा अवरुद्ध बनेको हो ।
सन्दर्भ विश्व पर्यटन दिवस : एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए...
आइतबार, असोज ११, २०७७
आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन् । प्रविधिको प्रयोगमार्फत् हुने कार्यक्रमबाहेक बागलुङमा कुनै पनि कार्यक्रम भएनन् ।


