संक्रमित २५ हजारभन्दा बढी भए पुनःलकडाउन !
बुधबार, असोज ७, २०७७
एकै दिन १८ सय ९३ जना संक्रमित डिस्चार्ज
बुधबार, असोज ७, २०७७
नेपालमा कोरोना संक्रमितको दरमा वृद्धि भए पनि निको भएर घर फर्कर्नेको संख्या पनि उत्तिकै दरमा वृद्धि भएको छ । बुधबार एकै दिन १८ सय ९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
पाल्पामा तानसेनका थप चार जनामा कोरोना संक्रमण
बुधबार, असोज ७, २०७७
जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका चार जनामा कोरोना संक्रमण देखिएको हो ।
कुखुराको खोरमा आश्रय लिँदै पहिरो पीडित
बुधबार, असोज ७, २०७७
पहिराले घरमा क्षति पुर्याएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका एक परिवार कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको छ । गत साउन ३१ गते राति माथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका हिराबहादुर विकको परिवार अहिले कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको हो ।
मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा
बुधबार, असोज ७, २०७७
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।
पाल्पाको रिब्दीकोटमा महिला मृत अवस्थामा फेला
बुधबार, असोज ७, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । रिब्दिकोट २ धाराधी बस्ने केशव लाम्टांगे मगरको श्रीमति ३२ वर्षीया पद्मा लाम्टांगे घर नजिकैको सडकमा मृत अवस्थामा फेला परेको प्रादेशिक प्रहरीले जनाएको छ ।
फरार अभियुक्त पक्राउ
बुधबार, असोज ७, २०७७
बहुबिबाह मुद्दाको फरार अभियुक्त पक्राउ परेका छन् । पाल्पा अदालबाट बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका तिनाउ गाउँपालिका ३, दोभानका ४१ वर्षिय नारायण खरेल पक्राउ परका हुन् ।
पाल्पा–बुटवल सडक खण्ड अवरूद्ध
बुधबार, असोज ७, २०७७
पाल्पा–बुटवल सडक खण्डमा अवरूद्ध बनेको छ । मंगलबारदेखि परेको अबिरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउ गाउँपालिका ५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।
मनसुन थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै
बुधबार, असोज ७, २०७७
केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए ।
गुल्मी घटना आफैमा दुःखद्
बुधबार, असोज ७, २०७७
गुल्मी जिल्लामा देखिएको तनावले देशव्यापी रुप लिएको छ । नेपाली काँग्रेसका नेता र कार्यकर्ता स्तरबाट विज्ञप्ती निकाल्ने र घटनाप्रति आपत्ती जनाई रहने कार्यले गर्दा सरकार र गृहप्रशासनको कार्यकुशलता प्रति प्रश्न खडा भएका छन् ।
डिजिटल पेमेन्ट मार्फत विदेशबाट रेमिट्यान्स पठाउन सक्ने
बुधबार, असोज ७, २०७७
अब विदेशमा काम गर्ने श्रमिकहरुले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न निर्देशन दिएको हो ।
नेपाली काँग्रेस गुल्मीको आन्दोलनको कार्यक्रम स्थगित
मंगलबार, असोज ६, २०७७
नेपाली काँग्रेस गुल्मीले आफ्ना कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सहमत भएपछि नेपाली काँग्रेसले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । मंगलबार भएको वार्तामा आफ्ना कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारबाही गर्न गुल्मी प्रशासन सहमत भएपछि नेपाली काँग्रेसले धर्ना कार्यक्रम स्थगित गरेको हो ।


