Shittalpati
पाल्पा– २ मा  रास्वपाका थापा विजयी 

पाल्पा,  पाल्पा क्षेत्र  नम्वर २ मा २६ हजार ७ सय ३६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. माधवबहादुर थापा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमालदत्त श्रेष्ठलाई १३ हजार ७ सय ४४ मतान्तरले पराजित  गर्दै विजयी हात पारेका हुन् ।  

फागुन २१ सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको आज आएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १२ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५ सय ३, नेपाली कम्युनिस्ट पार्टीका सोमप्रसाद पाण्डेयले ५ हजार २ सय ८८ र नेशनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६ सय ९३ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केवश पराजुलीले जानकारी दिए । यहाँ यस अघिको निर्वाचनमा एमालेका ठाकुर गैरे विजयी भएका थिए । 
 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update