Shittalpati
गुल्मीमा सवारी साधन चोरी गर्ने व्यक्ति सार्वजनिक
गुल्मीमा सवारी साधन चोरी गर्ने व्यक्ति सार्वजनिक गुल्मी सवारी साधान चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको छ । सवारी चोरी गर्ने २३ वर्षका सन्दिप चुदारालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला चितवन राष्ट्रिय निकुञ्जको अमलटारीक्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो ।
एसइई परीक्षा जेठ १३ गतेदेखि हुने
एसइई परीक्षा जेठ १३ गतेदेखि हुने २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । आगामी एसइई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ ।
पाल्पामा नेकपाको बोर्ड झिकेर एमालेको राखियो
पाल्पामा नेकपाको बोर्ड झिकेर एमालेको राखियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।
महिला श्रमिकले थाहा नपाएको ‘नारी दिवस’
महिला श्रमिकले थाहा नपाएको ‘नारी दिवस’ तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउँदै आएकी बगनासकाली गाउँपालिका २ घोरबण्डाकी ३१ वर्षकी पार्वती कुमाल सधैँ जस्तै सोमबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किन् । कुमाल तानसेनका किराना पसलहरुमा भारी बोक्ने काम गर्छिन् । एनजेडीले उनलाई आज त अन्तर्राष्ट्रिय नारी (श्रमिक महिला) दिवस तपाईले मनाउनुभएन ? भन्ने प्रश्न गर्दा...
सक्रिय संक्रमितको संख्या ८ सय ७२ मा झर्‍यो
सक्रिय संक्रमितको संख्या ८ सय ७२ मा झर्‍यो नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ८ सय ७२ मा झरेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा संक्रिय संक्रमितको संख्या ८ सय ७२ पुगेको छ ।
कुमारी जब प्रालि र केसिएम आइटी बीच सम्झौता
कुमारी जब प्रालि र केसिएम आइटी बीच सम्झौता कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी (केसिएस आइटी कलेज) बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सीपमूलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएम आइटीबीच सम्झौता भएको हो ।
थप अन्योलतर्फ नेपालको राजनीति
थप अन्योलतर्फ नेपालको राजनीति सर्वोच्च अदालतले संसद् विघटनलाई असंवैधानिक भनेर फैसला गरेको केही दिनमै पुनः नेकपाको नाम सम्बन्धी मुद्दामा दिएको फैसलाले राजनीतिक उथलपुथल ल्याएको छ । नेपालको तरल राजनीतिले एउटा अर्को कोल्टे फेरेको छ ।
इस्मा गाउँसरकारले पनि मनायो अन्तर्राष्ट्रिय नारी दिवस
इस्मा गाउँसरकारले पनि मनायो अन्तर्राष्ट्रिय नारी दिवस जिल्लाको इस्मा गाउँपालिकाले पनि सोमबार अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । ‘महिलाको सुरक्षा,सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ गाउँसरकारले विभिन्न कार्यक्रमहरुको आयोजना गरी १११ औं अन्तर्राष्ट्रिय नारी दिवस दिवस मनाएको हो ।
महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी
महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग सोमबार कुराकानी गर्दै उनले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए ।
Weather Update