Shittalpati
पुरुष भलिवलको उपाधि स्याङ्जालाई
पुरुष भलिवलको उपाधि स्याङ्जालाई क्लवस्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि स्याङ्जाको लम्पेकले हात पारेको छ । निरञ्जन युवा क्लव खानीगाउँ पाल्पाले आयोजना गरेको प्रतियोगितामा स्याङ्जा कालीगण्डकी गाउँपालिका ३ बारिचौरलाई पराजित गदै लम्पेकले उपाधि हात पारेको हो ।
फरक क्षमताका विद्यार्थीसँगै रमाए पाल्पाली कलाकार
फरक क्षमताका विद्यार्थीसँगै रमाए पाल्पाली कलाकार सधैँ मेला महोत्सवका स्टेज कार्यक्रमहरुमा देखिने कलाकारहरु यति बेला दिन, दुखी, असहाय, फरक क्षमताका व्यक्तिहरु माझ पनि देखिन थालेका छन् । पाल्पाको कला संस्कृतिको संरक्षणमा क्रियाशिल रहँदै आएका पाल्पाली कलाकारहरुले यति बेला फरक क्षमताका व्यक्तिहरु, वृद्धवृद्धा र असहायहरु समक्ष पुगी आत्मियता साटासाट र सक्दो सहयोग गर्दै आएका हुन् ।
पाल्पाको बगनासकालीमा अवैध भरूवा बन्दुक सहित एक जना पक्राउ
पाल्पाको बगनासकालीमा अवैध भरूवा बन्दुक सहित एक जना पक्राउ जिल्लाको बगनासकालीमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बगनासकाली गाउँपालिका ४ महछापका २१ वर्षीय प्रेमबहादुर कनौजेलाई प्रहरीले अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
पाल्पामा कोरोना संक्रमण शून्य नजिक, सक्रिय संख्या दशमा झर्‍यो
पाल्पामा कोरोना संक्रमण शून्य नजिक, सक्रिय संख्या दशमा झर्‍यो पाल्पामा कोरोना संक्रमणको अवस्था शून्य नजिक पुगेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै जाँदा संक्रमण शून्य नजिक पुगेको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १० मा झरेको छ । अघिल्लो हप्ता सक्रिय संक्रमितको संख्या १३ रहेकोमा शुक्रबारसम्म त्यो...
एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम
एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम तानसेनमा एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम दिइएको छ । पाल्पा शिक्षा तालिम केन्द्र रुपन्देही, लुम्बिनी प्रदेशको आयोजनामा पाल्पा र गुल्मीका आधारभूत तहका शिक्षकहरुका लागि टिपिडी एकिकृत पाठ्यक्रम सम्बन्धी तालिममा दिइएको हो ।
कुमारीको इक्वीटी फण्डमा माग भन्दा बढी आवेदन
कुमारीको इक्वीटी फण्डमा माग भन्दा बढी आवेदन कुमारी इक्वीटी फण्डमा माग गरे भन्दा बढी आवेदन परेको छ । कम्पनीको फागुन २५ गतेसम्मको डाटा अनुसार ३५ प्रतिशतले आवेदन दिएका छन् । कुमारी क्यापिटलले फागुन १४ गतेदेखि सामूहिक लगानी कोष कुमारी इक्वीटी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याएको थियो । फण्डमा इकाइ मूल्य रु. १० अंकित दरको आठ करोड इकाईहरु...
सन्दर्भ : महाशिवरात्री, संस्कृतिसँगै आउने विकृति बारे होसियार बनौं
सन्दर्भ : महाशिवरात्री, संस्कृतिसँगै आउने विकृति बारे होसियार बनौं नेपाल बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभौगोगिक विशेषता भएको मुलुक हो । विविधतामा एकता नेपाली संस्कृतिको मुल विशेषता हो । नेपाली संस्कृतिको विविधतामा एकताले असल समाज र कल्याणकारी भावना निर्माण गर्न सहयोग पुर्‍याएको छ ।
सेनाको योगदान
सेनाको योगदान नेपाली सेनाले बिहीबार सेना दिवस मनाएको छ । सेनाले आ–आफ्ना गणहरुमा शिवरात्री परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजी लगायत कार्यक्रम गरी दिवस मनाएका छन् । नेपाली सेनाले हरेक वर्ष यही समयमा यो दिवस मनाउँदै आएको पाइन्छ ।
आगामी मंसिर २ देखि एमालेको महाधिवेशन हुने
आगामी मंसिर २ देखि एमालेको महाधिवेशन हुने नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले दसौं महाधिवेशनको मिति तोकेको हो । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन ।
संविधान च्यात्न खोज्ने शक्ति नै सकिन्छ : काँग्रेस नेता खाँण
संविधान च्यात्न खोज्ने शक्ति नै सकिन्छ : काँग्रेस नेता खाँण नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान च्यात्न खोज्ने शक्ति नै सकिने बताएका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै नेता खाँणले संविधानलाई च्यात्ने शक्ति आफै सकिएर जाने बताएका हुन् ।
Weather Update