लगानी विविधिकरण नै ‘व्यवसाय सफलताको आधार हो’
आइतबार, फागुन २३, २०७७
खोप अभियान प्रभावकारी बनाऔं
आइतबार, फागुन २३, २०७७
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथामका लागि खोप अभियान अगाडि बढाइएको छ । विश्वका धेरै देशहरुले खोप उत्पादन गरी सबै नागरिकलाई खोप लगाउन अभियान नै सञ्चालन गरेका छन् । नेपालले पनि खोप अभियानलाई तिव्रता दिएको छ । सुरुमा भारतबाट अनुदानमा प्राप्त भएको १० लाख खोप नेपालले आफ्ना नागरिकलाई...
रोटरी क्लवको विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर
शनिबार, फागुन २२, २०७७
तानसेन नगरपालिका १० तेल्घामा रहेको बालकन्या भगवती आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । रोटरी क्लब अफ पाल्पा लुम्बिनिले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क आँखा तथा दाँतको स्वास्थ्य शिविर आयोजना गरिदिएको हो ।
पाल्पाली साहित्यकार रेग्मीका दुई कृति काठमाडौंमा विमोचन
शनिबार, फागुन २२, २०७७
पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीका दुई कृति काठमाडौंमा विमोचन भएका छन् । रेग्मीद्वारा लिखित ‘अमर पात्र’ र ‘अर्पण’ कृति शनिबार एक भव्य समारोहका बिच विमोचन गरिएको हो । पाल्पा साहित्य समाज र पाल्पाली संगम, साहित्य विभाग काठमाडौंको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा कृति विमोचन गरिएको छ ।
यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिताको विजेता घिमिरे
शनिबार, फागुन २२, २०७७
पाल्पामा यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज र र्याली प्रतियोगिता गरिएको छ । यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ज्ञानेन्द्र अटो वक्र्स यामाहा सोरुम पाल्पामा ग्राहकलाई यामाहा रे जेडआर १२५ एफआई र यसको माइलेजबारे जानकारी दिनका लागि शनिबार एफआई माइलेज च्यालेञ्ज र र्याली प्रतियोगिता गरेको हो ।
बिहेको दाइजो छाडेर फर्कदै गरेको जिप निस्दीको विरकोटमा दुर्घटना, चार घाइते
शनिबार, फागुन २२, २०७७
बिहेको दाईजो छाडेर फर्कदै गरेको जिप पाल्पाको निस्दी गाउँपालिका २ विरकोटमा दुर्घटना भएको छ । शनिबार विहान पोखरीछाँप नजिकै भित्रि कच्चि सडक खण्डमा बिरकोटमा बिहेको दाईजो छाडेर ज्यामिरेतर्फ फर्किदै गरेको लु १ ज १७६२ नं.को जिप दुर्घटना भएको हो ।
गुल्मीका स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाइदै
शनिबार, फागुन २२, २०७७
जिल्लामा दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ । फागुन २३ गतेबाट जिल्लाका १२ वटा स्थानीय तहमध्ये ८ स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानी प्रसाद शर्माले बताए । फागुन २३ गतेदेखि ६५ वर्षभन्दा माथिकालाई दोस्रो चरण अन्र्तगतको पहिलो खोप लगाउने...
विप्लवसँगको वार्ता स्वागत योग्य
शनिबार, फागुन २२, २०७७
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेपाल सरकारबीच वार्ता भएको छ । वार्ताका माध्यमबाट विप्लव शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको र सरकारले उनको पार्टीमाथि लगाएको बन्देज फुकुवा गर्न निर्णय गरेकोमा आमनेपाली जनताले सकारात्मक सन्देशका रूपमा लिएका छन् । फरक विचार बोकेको पार्टी वा समूहलाई राज्यको मूलप्रवाहमा ल्याउने दायित्व र कर्तव्य...
पाल्पामा शनिबार यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज आयोजना गरिदैं
शुक्रबार, फागुन २१, २०७७
पाल्पामा यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज आयोजना हुँदै छ । यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ज्ञानेन्द्र अटो वक्र्स यामाहा सोरुम पाल्पामा ग्राहकलाई यामाहा रे जेडआर १२५ एफआई र यसको माइलेजबारे जानकारी दिनका लागि शनिबार एफआई माइलेज च्यालेञ्ज र र्याली आयोजना गर्न लागेको हो ।
पाल्पामा खोप अभियान प्रभावकारी बनाइँदै
शुक्रबार, फागुन २१, २०७७
रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा कोभिड –१९ विरुद्धको खोप अभियानलाई थप प्रभावकारी बनाईने भएको छ । पहिलो चरणको प्रथम प्राथमिकताको खोप अभियानमा ९३ प्रतिशत उपलब्धि हासिल गरेको स्वास्थ्य कार्यालय पाल्पाले यो अभियानलाई थप प्रभावकारी बनाउने गरी अगाडि बढेको हो । अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै पालिका, वडास्तरमा खोप समन्वय समिति...
देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय, तपोवनसहितको शैक्षिक संरचना बन्दै
शुक्रबार, फागुन २१, २०७७
लुम्बिनी, लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्धको मावली देवदहमा शुक्रबारदेखि डीन कार्यालय स्थापना गरेको छ । सरकारले विश्वविद्यालयका लागि देवदहमा करिब ९० बिघा जमिन उपलब्ध गराउने निर्णय गरेसँगै विश्वविद्यालयले डीनको कार्यालय स्थापना गरेको हो ।


